सर्लाहीको लालबन्दी नगरपालिका १० चन्द्रपुरमा महिला विकास शाखाको नाममा रहेको जग्गा स्थानीयले हस्तक्षप गरेका पाइएको छ।स्थानीय भक्त बहादुर सुस्लिङले २०४२÷०४३ सालमा शाखालाई करिब एक कठ्ठा जग्गा दिएका भएपनि उनका छोरा होमबहादुर सुस्लिङले अहिले उक्त जग्गा हस्तक्षेप गरेका स्थानीयले बताए ।स्थानीयका अनुसार भक्त बहादुरले आफ्नो ऐलानी जग्गा महिला विकास शाखाको भवन निर्माणका लागि कागज गरी दिएका र सो वापत एउटा इनार बनाई दिन प्रस्ताव गरेपछि शाखाले इनार समेत बनाई आफुले पाएको जग्गामा भवन निर्माण गरेको थियो ।
शाखाले निर्माण गरेको भवनमा विभिन्न किसिमका तालिमहरु सञ्चालन भएका भएपनि पछि शाखामलंगवा सरेपछि उक्त भवन आज भोली गर्दे जिर्ण भएको र भवनको वरिपरि लगाईएको पर्खाल समेत भत्कीएको थियो ।त्यसपछि भक्त बहादुरका छोरा होम बहादुरले विस्तारै विस्तारै गर्दै अस्तक्षेप गरेका स्थानीयले बताए ।
महिला शाखा मलंगवा जानेसमयमा भवनको तालाचावी र स्वमीत्व लालबन्दी नगरपालिकालाई दिएको तर लालबन्दी नगरपालिकाले उक्त भवन र जग्गाको संरक्षणमा ध्यान नदिँदा होम बहादुरले हस्तक्षेप गरेका लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिनले बताईन्।उनका अनुसार २०७४ सालमा भक्त बहादुरका छोरा होम बहादुरले इनार बनाई दिए आफुले उक्त जमिन नहडप्ने भन्दै प्रस्ताव राखेका भएपनि सो जग्गा दिने समयमा भक्त बहादुर राखेको इनार बनाई दिने प्रस्ताव राखेरका त्यति बेलै इनार बनाई सकिएकाले फेरी इनार बनाउने विषय सोच्न नसकिएको बताईन् ।
भूमि आयोग सर्लाहीले जग्गाको नापजाँच गर्ने क्रममा उक्त जग्गा लालबन्दी नगरपालिका १० ले सार्वजनिक सरकारी जग्गा भनि नापजाँच गराएको लालबन्दी नगरपालिका १० का वडा अध्यक्ष टोप बहादुर श्रेष्ठले बताए।उनका अनुसार लालबन्दी नगरपालिकाले बजेट विनियोजन गरेर उक्त स्थानमा सामुदायिक भवन निर्माण गर्ने तयारी गरी रहेको छ।तर जग्गा दाता भक्त बहादुरका छोरा होम बहादुरले उक्त स्थानमा मगर समुदायको कुनै भवन बनाउने तयारी गरेका बुझिएको छ ।अहिले होम बहादुर सो जग्गालाई गाई भैसी बाँध्ने थलो बनाएका छन् ।