अखिल(क्रान्तिकारी)सर्लाहीको आयोजनामा विद्यार्थी एकता दिवस मनाईयो

620 Shares

नेकपा(माओवादी केन्द्र)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)जिल्ला कमिटि सर्लाहीले विद्यार्थी एकता दिवस बनाएको छ।अखिल(क्रान्तिकारी)सर्लाहीको आयोजनामा बागमती नगरपालिका ११ स्थित रहेको कर्मैया आदर्श जनता क्याम्पसमा विद्यार्थी एकता दिवस एवम स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको अखिल(क्रान्तिकारी)सर्लाहीका अध्यक्ष सबिउल शेखले जानकारी दिए ।
शेखको अध्यक्षता एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज अच्युतम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,बैकल्पीक केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन),माओवादी केन्द्रका नेता राम चन्द्र महतो,उमेश देवकोटा,ऋषि धिताल र अर्पण पौडेल लगायतको उपस्थिति रहेको अखिल(क्रान्तिकारी)सर्लाहीका सचिव शंकर मैनालीले जानकारी दिए ।

सम्बन्धित समाचार