सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरबाट एक सय १७ बोतल लागु औषध सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका १ नवलपुर स्थित भित्री सडक खण्डमा बिआर ०६ सिभी ९९८५ नम्बरको भारतीय मोटरसाईकल सहित ब्रम्हपुरी गाउँपालिका ४ त्रीभुवननगरका अन्दाजी वर्ष १८ का प्रिन्स कुमार यादव,सोही ठाउँका अन्दाजी वर्ष १७ का किसन कुमार साह र भारतको बिहार राज्य सितामढी जिल्ला थाना सोनबर्सा टोल बसन्तपुरका अन्दाजी वर्ष २० का कृष्ण कुमार यादवलाई ओनरेक्स नामक लागु औषध एक सय १७ बोतल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै,बागमती नगरपालिका ६ स्थित राधा कृष्ण मन्दिर नजिकैबाट लागु औषध सहित एक जना मानिस र एउटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले बागमती नगरपालिका ६ स्थित राधा कृष्ण मन्दिर नजिकै बाँसघारीबाट बागमती नगरपालिका ६ का अन्दाजी वर्ष २८ का जिवन घिसिङको साथबाट दुई सय १४ पिस ट्याम्रेन र दुई सय पिस स्पास्मो क्यापसुल लागु औषध र २५ ग्राम गाँजा सहित बागमती प्रदेश ०२ ०३० प ५५७० नम्बरको मोटरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बागमती प्रदेश ०२ ०३० प ५५७० नम्बरको मोटरसाईकल सहित शंकास्पद अबस्थामा बसी रहेको घिसिङलाई खानतलासी गर्दा उत्त लागु औषध फेला परेपछि उनलाई नियन्त्रणमा लिईएको हो । नेपाल भारत खुल्ला सीमाका कारण नेपाली बजारमा सजिलै भारतबाट लागु औषध भित्रने गरेको र नेपालबाट लागु औषध गाँजा सजिलै भारतिय बजारमा पुग्ने गरेको व्यापक चर्चा चलेपछि प्रहरीले सक्रियता बढाएपछि पछिल्लो समयमा लागु औषध कारोबारी तथा प्रयोग कर्ताहरु धमाधम नियन्त्रणमा आउन थालेका छन् ।

त्यसैगरी,सर्लाहीको मलंगवा नगरपालिका १० का अन्दाजी वर्ष २० का अजय राउतको छिमेकी देश भारतको बिहार राज्यको सोनवर्सा बजारमा सवारी दुर्घटनामा ज्यान गएको छ ।मधेश प्रदेश ०२ ० ०८प ९९४२ नम्बरको मोटरसाईकलमा सवार मलंगवा नगरपालिका १० का राउत र उनका आफन्त भारत खुरसाहाका अन्दाजी वर्ष २० का सचिन रावतलाई विआर ०९ जिवी ६७१५ नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुबै जनाको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा संग्लग्न सवारी साधनहरु र टिपरका चालक सोनबर्सा थानामा भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन्।पछिल्लो समय सवारी चालकहरुको लार्पबाहीका कारण सवारी दुर्घटना भई रहेका पाइएको छ ।