यु–१९ महिला क्रिकेट टोलीकी कप्तान महतोलाई ईश्वरपुरमा नगद सहित सम्मान

355 Shares

सर्लाहीको इश्वरपुर नगरपालिकाले यु १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई नगद पुरस्कार सहित सम्मान गरेको छ।ईश्वरपुर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी यु १९ महिला क्रिकेट टोलीकी कप्तान महतोलाई नगद रु ३१ हजार पुरस्कार सहित सम्मान गरेको नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार नेपाललाई पहिलो पटक आइसीसी महिला यू १९ विश्वकपमा पुर्याउन विशेष भुमिका निर्वाह गरेकी नेपाली टोलीकी कप्तान महतोलाई नगद  सहित सम्मान गरिएको हो ।कडा मेहनत र परिश्रमले जुन सुकै काम गर्न सफल हुने भरखरै सम्पन्न आइसीसी महिला यू १९ विश्वकपबाट देखिएको नेपाली टोलीकी कप्तान महतोले बताईन् 
राष्ट्रको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउने मधेशकी चेली नेपाली टोलीकी कप्तान महतोलाई मनोबल बढाउन साथै अन्य नयाँ खेलाडीहरु उत्पादन गर्न प्रोत्साहन गर्नका लागि उनलाई सम्मान गरिएको नगर प्रमुख आचार्यले बताए ।पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह,इश्वरपुर नगरपालिका ५ का वडा अध्यक्ष पंची महतो,इश्वरपुर नगरपालिका  ६ का वडा अध्यक्ष महम्मद रहमन अन्सारी,इश्वरपुर नगरपालिका ७ का वडा अध्यक्ष नाथुराम चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो।
इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य जनप्रतिनिधि हुनु पहिला पनि खेलकुद क्षेत्रलाई निकै प्राथमिकताका साथ समय समय सहयोग गर्दै आएका थिए भने नगर प्रमुख भएपछि नगरका विभिन्न स्थानहरुमा विभिन्न समयमा विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार