नुवाकोटका बाढी प्रभावित नागरिकको पीडामा लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सले राहत सामाग्री सहयोग गरेका छन्।भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडित परिवारसँग भेटघाटपछि क्लबका अध्यक्ष डा.आलोक कुशवाहा सहितको टोलीले स्थलगत गर्दै सुनसान अवस्था र घर,परिवार,व्यवसाय तथा जीवनभरको मेहनत गुमाएका नागरिकको पीडामा थोरै भएपनि मल्हम लगाउने काम गरेको बताए।

लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सले राहतस्वरूप खाद्यान्न तथा लत्ता कपडा र बालबालिकाका आवश्यक सामाग्री उपलब्ध गराइएको हो।आफ्नो व्यक्तिगत दुःख र समस्या भन्दा माथि उठेर अरूको पीडामा साथ दिन सक्नु नै सच्चा मानवता हुने अध्यक्ष डा.कुशवाहाले बताए।उनले नुवाकोटका बाढीपीडित नागरिकको दुःखमा आफूहरू निरन्तर साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।देश समस्यामा परेको बेला कुनै प्रकारको वैरभाव नराखी हातमा हात र साथमा साथ मिलाउँदै पीडामा मल्हम लगाउनु पर्ने अध्यक्ष डा.कुशवाहाले बताए।