Close This

बागमति नगरपालिकाको खेलकुद संयोजकमा मैनाली नियुक्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१८ गते   २०३८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाको खेलकुद संयोजकमा बाग्मती युवा क्लबका महासचिव नियुक्त भएका छन् । मोफसलको चर्चित फुटबल क्लब बाग्मती युवा क्लब सर्लाहीका महासचिव सागर मैनाली बागमती नगरपालिकाको खेलकुद संयोजकमा नियुक्त भएका हुन ।
बागमती नगरपालिकाले आगामी ५ वर्षको लागि महासचिव मैनालीलाई खेलकुद संयोजक नियुक्त गरेको हो ।  नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षको संयुक्त रोहबरमा बाग्मती युवा क्लबका महासचिव मैनालीलाई नगर खेलकुद संयोजकको जिम्मेवारी दिईएको बागमती नगरपालिकाले जनाएको छ ।
मोफसलको चर्चित फुटबल क्लब बाग्मती युवा क्लब सर्लाही मधेश प्रदेशको मात्र नभई देशभरकै सुविधासम्पन्न र चर्चित क्लबको रुपमा परिचित भएको छ । क्लबको आफ्नै खेल मैदान, क्लबको आफ्नै सवारी साधन समेत छ भने स्पोर्ट युथ एकेडेमी सञ्चालन गर्नुका साथै क्लबका महिला र पुरुष टिमले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्दै आएका छन्। त्यस क्षेत्रमा सामाजिक काममा पनि सक्रिय बागमति युवा क्लबको एम्बुलेन्स समेत सञ्चालन गरेको छ ।
नगरको खेलकुद क्षेत्रमा योगदान गर्नकै लागि नै आफुलाई नगरपालिकाले खेलकुद संयोजक बनाएको र आफ्नो कार्यकाल भरीमा बागमती युबा क्लबको हरेक गतिविधिहरुमा सकेको सुधारात्मक परिवर्तन ल्याउने नवनियुक्त संयोजक मैनालीले बताउनु भयो । बागमती नगरपालिकाका सबै वडाको खेलकुदलाई  समेटेर लैजाने आफ्नो योजना रहेको नव नियुक्त खेलकुद संयोजक मैनालीले बताउनु भयो । मधेश प्रदेशको सानकोरुपमा विकास हुदै गरेको बागमती युवा क्लबलाई ‘ए’ डिभिजन लिग सम्म पुर्याउने आफने लक्ष रहेको मैनालीले बताउनु भयो ।
उनलाई खेलकुदसहित अन्य सामाजिक कार्यहरुमा संलग्न रहेका मैनालीसँग धेरै आशा राखेको र खेलकुद विकासमा डटेर लाग्ने बिश्वासको साथ नगर खेलकुद संयोजक बनाएको बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख भारत कुमार थापाले बताउनु भयो । 
बागमती युवा क्लबले हरेक वर्ष मधेश प्रदेशको सानको रुपमा रहेको राजर्षी जनकको नाममा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘राजर्षी जनक कप ’ प्रतियोगीता समेत सञ्चालन गर्दै आएको छ । बागमती नगरपालिका देशकै खेलकुद विकासमा अग्रणी स्थानिय निकायको रुपमा परिचित रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech