हरिवन नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरू

307 Shares

सर्लाहीको हरिवन नगरपालिका ४ सासापुर स्थित रहेकोे हरिवन नगर अस्पतालमा सोमबारबाट इमर्जेन्सी र इन्डोर सेवा संचालनमा आएको छ।सोमबार एक कार्यक्रमका बिच हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल),उप–प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकिय अधिकृत हेमराज फुयाँल सहित हरिवन नगरपालिकाको स्वास्थ शाखाका प्रमुख रामबाबु चौधरी लगायतको विशेष उपस्थितिमा इमर्जेन्सी सेवाको उद्घघाटन गरिएको हो  ।
सोबारबाट संचालनमा आएको इमर्जेन्सी र बहिरंग सेवाले समग्र हरिवन नगरबासिमा खुसिको सञ्चार भएको हरिन गरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए।उनका अनुसार २४ सै घन्टा इमर्जेन्सी सेवा सन्चालनमा आएसँगै हरिवन नगर अस्पताल स्वास्थ्य सेवा मार्फत पुर्णता तर्फ लम्किएको छ ।
जनस्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको इमर्जेन्सी सेवा सुभारम्भले जनस्वास्थ्य प्रती सकारात्मक पहलकदमी भएको सासापुर नगर अस्पतालका प्रमुख मोहन घिसिङले बताए ।उनका अनुसार जनताको स्वास्थ्य अधिकारलाई सबैले सम्बोधन पर्छ ।
आगामी दिनमा हरिवन नगरबासीले कुनै पनि स्वास्थ्य समस्या लिएर बाहिर जानू नपर्ने गरि आफुहरुले काम थालेको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए।उनका अनुसार निशुल्क पाईने ९८ प्रकारका औषधीहरु अन्य पालिकामा भन्दा बढि आफुहरुसँग रहेकाले नगर अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 
नगर प्रमुख बुढाथोकीले स्वास्थ्य सेवा जस्तो पुण्यको सेवामा कुनै कसर बाँकी नराखेर सेवाग्राहीहरुको सेवामा लाग्न चिकित्सहरुलाई निर्देशन समेत दिएका छन्।अस्पतालको सेवा प्रवाहमा कुनै पनि किसिमको राजनीति नहुने बताउँदै नगर प्रमुख बुढाथोकीले ढुक्क भएर सेवा लिन र दिन सबै पक्षसँग अनुरोध गरेका छन् ।
नगर अस्पतालबाट एमडिजिपि,एमबिबिएस,ल्याव टेक्निसियन,रेडियोग्राफर,फार्मेसी र नर्सिङ, आयुर्वेदिक चिकित्सकले सेवा दिइने हरिवन नगर अस्पतलकी नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले बताइन् । उनका अनुसार बिहान ८ बजेबाट ओपिडी र ल्याव सेवा संचालन भईरहेको छ भने प्रसुति गराउन आउँदा र जाँदा निःशुल्क एम्बुलेन्स संचालन भईरहेको छ।त्यसैगरि निःशुल्क शव वाहनको व्यवस्था पनि रहेको नगर स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए ।
अघिल्ला वर्षमा स्वास्थ्य सेवा सुचांकमा तीन पटक प्रदेश प्रथम भएको हरिवन नगरपालिकामा स्वास्थ्य सेवा प्रवाहमा कुनै कन्चुस्याईं नगरिएको स्थानियले बताए।स्थानीयका अनुसार सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचार गराउन आउनेको संख्या पनि उल्लेख्य रहेको र स्वास्थ्य सेवा पनि गुणस्तरिय रहेको छ ।

सम्बन्धित समाचार