८६ वर्षिय बृद्धा न्याय खोज्दै काठमाण्डौँ देखि सर्लाही सम्म

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-६ गते   ६७६ पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिका २ का नेकपा(एमाले)का नेता राम आधार राय यादवले कपाली तमसुक बनाई एक वृद्धालाई ठगी गर्न खोजेको रहस्य बाहिरिएको छ । धनकौल गाउँपालिका २ का वडा अध्यक्षका प्रत्याक्षी समेत रहेका एमाले नेता यादवले ललितपुर उपमहानगरपालिका ५ वस्ने अन्दाजी वर्ष ८६ की श्याम सकल राणालाई ललाई फकाई प्रलोभनमा पारेर कपाली तमसुक बनाई ठगी गर्न लागेको रहस्य बाहिरिएको हो ।


यादवले सकललाई ललाई फकाई ललितपुरबाट रौतहटमा ल्याई ललितपुर उपमहानगरपालिका ५ मा रहेको ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत गरि रु एक करोड ६० लाखको तमसुक बनाई त्यस मध्य रु एक करोड ५५ लाख रकम भुक्तानी गरी सकेको र बाँकी रु ५ लाख चाँडै भुक्तानी गर्ने भनी कपाली तमसुक बनाएका पाइएको हो ।

चन्द्र शम्शेर ज.व.राकी बुहारी बद्री शम्सेर ज.व.राकी श्रीमती सकललाई रौतहटमा तपाईको श्रीमानको नाममा जग्गा छ । अरुले खान लागे तपाई रौतहट आउनु म त्यो जग्गा तपाईलाई मिलाई दिन्छु भन्दै रौतहट बोलाएर ललाई फकाई ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत गरि रु एक करोड ६० लाखको तमसुक बनाई त्यस मध्य रु एक करोड ५५ लाख रकम भुक्तानी गरी सकेको र बाँकी रु ५ लाख चाँडै भुक्तानी गर्ने भनी कपाली तमसुक बनाएर हस्ताक्षर गराएको पाइएको हो ।

यादवलाई आफुलाई रौतहटको तपाईका श्रीमानको जग्गा मिलाई दिन्छु भन्दै सो जग्गामा मुद्धा मामिला रहेका कारण ६ कठ्ठा जग्गा तपाईको नाममा आउने र त्यसबाट आफुलाई ३ कठ्ठा जग्गा दिनुपर्ने बाँकी रहेको ३ कठ्ठा जग्गाको रु ५० हजार दिने भनी झुक्याई आफ्नो ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत तमसुक लेखि मेरो पक्षका कुनै साक्षी नराखि आफ्नै पक्षका मात्रै साक्षी राखेर मलाई यादवले फसाउन खोजेको बृद्धा सकलले बताईन् ।उनले जुगली देवीलाई आफुले नचिनेको र राम आधार राय यादवसंग पनि कुनै किसिमको आर्थिक लेनदेन समेत नभएको बताईन् । साथै उनले राम आधार राय यादवको सम्पती छानविन गर्नु पर्ने पनि बताईन् ।
उनका अनुसार आफु अनपढ रहेको फाईदा उठाउँदै राम आधार राय यादवकी आमा जुगली देवीको नाममा तमसुक बनाएरको पछि मुद्धा परेपछी आफ्नो ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत तमसुक बनेको थाहा पाएको कमलामाई मिडिया प्रा.लिलाई बताईन् ।
निवेदनमा सही गर्दिनु भन्दै यादवले हस्ताक्षर गराएको र सो तमसुक नभई निवेदन भनिएको भएपनि अदालतमा मुद्धा परी पत्र आएपछि आफुलाई थाहा भएको र न्याय माग्न विभिन्न निकायहरु धाउँदा पनि न्याय नपाएको पीडित सकलले बताइन्। तर अदालतलाई प्रलोभनमा पारेर यादवले जिल्ला अदालत सर्लाही र उच्च अदालत जनकपुरबाट मुद्धा समेत जितेको छन् ।
पीडित सकलको पक्षमा साँक्षी नराखि तमसुक बनाएरको र जसको नाममा तमसुक बनायो ती महिला जुगली देवीलाई आफुले नदेखेको,नचिनेको समेत सकलले बताईन् । अहिले उनी भदा भाई आईत तामाङलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालय सार्लहीमा समेत आईकी छन्।उनले यहाँबाट आफुले न्याय नपाए धर्नामा बस्ने समेत बताएकी छन् ।
सकल सर्लाही आएपछि उनको कुरा सुनी जिल्ला प्रशासन कार्यालय सर्लाहीले साउन ३१ गते यादवलाई उपस्थित हुन भन्दै पत्राचार पनि गरेको थियो। अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोगको पत्रानुसार मिटरव्याज पीडितहरूबाट लिईएका निवेदन उपर छलफल भई रहेको र राम आधार राय यादवलाई साउन ३२ गते नै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित हुन भनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले पत्राचार गरेको थियो । तर यादवले जिल्ला प्रशासन कार्यालय सर्लाहीको सत्राचारलाई वेवास्था गरेका जिल्ला प्रशासन काार्यलय सर्लाहीले जनाएको छ ।तर उनीहरुले विभिन्न मानिसहरुबाट जिल्ला प्रशासन कार्यालय सर्लाहीमा फोन लगाई आफु उपस्थित नभएका पीडित पक्षको भनाई छ ।
यता,तपाईले श्याम सकल राणालाई झुक्याइ कपाली तमसुक बनाएर जग्गा हडप्न खोज्नु भएको हो ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा यादवले वैना गरिएको र विभिन्न कारणले जग्गा पास हुन नसकेको बताए र उनले २०७२ सालको विषय रहेको र जिल्ला अदालत सर्लाहीबाट मुद्धा जितेको,उच्च अदालत जनकपुरबाट पनि मुद्धा जितेको र अहिले आफु जोगिन विभिन्न किसिमका बाहना बाजी रचिएको यादवले बताए ।उनले आफु जोगिन ८ वर्ष पछि आएर अनावश्यक निहु खोजेको बताएका छन् । यता,जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफुलाई कुनै किसिमको पत्राचार नगरेको तर बोलाएको खण्डमा उपस्थित हुन तयार रहेको बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech