भदौ २३ र २४ गतेको जेन जी पुस्ताको आन्दोलनको क्रममा जलाइएका सवारीसाधन र विद्युतिय साधनहरु लालबन्दी नगरपालिका परिसरमा अलपत्र छन्।लालबन्दी नगरपालिकाको कार्यालय सहित सवारी साधनमा भएको आगजनीपछिको विभत्स दृश्य ५ महिना हुँदा समेत व्यवस्थापन नगरी नगरपालिका कार्यालयको परिसरमा अलपत्र छाडिँदा विभत्स मात्रै देखिएको छैन् नगरपालिका परिसर पनि कुरुप बनेको छ ।

भदौ २३ र २४ गतेको जेन जी पुस्ताको आन्दोलनको क्रममा नगरपालिका भित्र रहेको सोफा,कुर्सी सहित दराजहरु र अन्य विद्युतिय सामानहरुका साथै कार्यालय परिसरमा राखिएका कार,जिप तथा टिपर,जेसिवी र स्काभेटर समेतमा आगजनी भएको थियो।नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सामान्य लार्पबाहीले भदौ २३ र २४ गतेको जेन जी पुस्ताको आन्दोलनको क्रममा आगजनी भएका ती सवारी साधनहरु र विद्युतिय साधनहरुको व्यावस्थापन गर्न सरोकारवालाले चासो नराख्दा नगरपालिका अहिले डम्पीङ साईड बनेको छ ।कार्यालय परिसरबाट नहटाईएको उक्त दुश्य कार्यालयमा काम गर्न आउने मानिसहरुको नजर आगो लगाइएको नगरपालिका भवन,नगरपालिकाका सरकारी सवारी साधन र त्यहाँ भित्र राखिएका जलेका विद्युतिय साधनमा पर्ने गरेको छ ।

नगरपालिका भित्र जलेका विद्युतिय साधनलाई नगरपालिका परिसरमा लगेर राख्ने बाहेक थप प्रक्रिया अघि नबढेको पाइएको छ।अब के कसरी ती सवारीसाधनका साथै विद्युतिय साधनहरुको व्यवस्थापन गर्ने भन्ने विषयमा सरोकारवाला निकाय मौन देखिएको छ ।नगरपालिकाका चारपाङ्ग्रे तीन वटा,छ पाङ्ग्रे एउटा जेसिवी एउटा र स्काभेटर एउटाका साथै कायाृलय भित्रका फर्निचर तथा अन्य विद्युतिय साधनहरुमा भदौ २३ र २४ गतेको जेन जी पुस्ताको आन्दोलनको क्रममा आगजनी भएको छ ।
पुस ९ मा भएको सचिवस्तरीय निर्णयबाट भदौ २३ र २४ गतेको जेन जी पुस्ताको आन्दोलनको क्रममा क्षेती भएका सवारी साधनको व्यवस्थापनको निर्णय भइसकेको भएपनि उक्त निर्णय कार्यन्वयन हुन सकेको छैन् ।पाटपुर्जाको मूल्य हुने नआउने र कवाडको मुल्यमा किलोमा जानेगरी फलामको डल्लोका रूपमा लिलाम हुने अवस्थामा पुगेका सवारी साधन तथा अन्य भौतिक सम्पत्तिको मिनाहा तथा लिलाम बिक्रीका सम्बन्धमा मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय बमोजिम गर्नुपर्ने भएपनि त्यो प्रक्रिया समेत सुरु भएको छैन् ।
सचिवस्तरिय बैठकले हाल सञ्चालनमा रहेका र नयाँ सवारी साधन एवम भवनको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने निर्णय भएपनि सो कार्य समेत सुरु नभएको पाइएको छ ।
आवश्यकता र औचित्यका आधारमा तत्काल नयाँ सवारी साधन खरिद गर्नुपर्ने अवस्थामा अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन एवम मार्गदर्शन गर्ने निर्णय भएको छ।तर जनप्रतिनिधि हुनु पहिला आम सर्वसाधन झैँ लुखुर लुखुर हिडेका उनीहरुलाई जनप्रतिनिधि भएपछि करोडौँका सवारी साधनहरुको आवश्यकता किन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
यता,नगरपालिका परिसरमा थुपारिएको विभत्स दृश्यले आफुलाई पनि नराम्रो लागेको भएपनि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थलगत अवलोकन गरी घटना प्रकृति मुचुल्का बनाएपछि त्यसलाई व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले बताए ।उनले सवारी साधनहरुको अभावले नगरपालिकाका विकास योजनाहरुको स्थलगत अवलोकन गर्न जान समस्या भएको समेत बताए । मन्त्रालयले बजेट कटौती गरेको,नयाँ सवारी साधन खरिद गर्न नपाउने साथै कार्यलय समेत विभत्स अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत लुईटेलले बताए ।