Close This

नगरको निर्णय अटेर गर्दै लालबन्दीका निजि विद्यालयहरुद्धारा सञ्चालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   २८१ पटक हेरिएको

यस्तो छ नगरको सुचना

सर्लाहीको लालबन्दी नगरपालिकाले जारी गरेको सुचना अटेर गरि लालबन्दीका निजि  विद्यालयहरुले विद्यालय सञ्चालन जारी राखेका छन् ।स्थानिय सरकार लालबन्दी नगरपालिकाले विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तिब्र गतीमा फैलिएको भन्दै एक सुचना जारी गरि विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिती नगराई डिजिटल विधिमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको थियो ।
तर लालबन्दी नगरपालिका ५ को एभरेष्ट सेकेन्डरी विद्यालय, लालबन्दी नगरपालिका २ मा रहेको लर्ड व्राइट व्रिजडम इन्टरनेस्नल इङ्गलीस स्कुल,लालबन्दी ८ मा रहेको रकभेल सेकेन्डरी स्कुल,लालबन्दी नगरपालिका ८ मै रहेको अक्सोपोर्ड एकेडेमी लगायतले आफ्नो नियमित गतिविधिहरु सञ्चालन गरि रहेका छन् ।
नगरकै ठुला भनिएका निजि विद्यालयहरुले नगरको निर्णयलाई वेवास्था गर्दा समेत लालबन्दी नगरपालिकाको शिक्षा शाखा मौन देखिएको छ । नगरपालिकाले सुचना जारी गरि सकेको भएपनि नगरको निर्णय निजि विद्यालयहरुले अटेर गर्दा समेत नगर मौन बस्नुमा निजि विद्यालयहरु र नगरको शिक्षा शाखा विच केही तालमेल रहेको आशंका सुरु भएको छ ।एनप्याब्सन र प्याव्सनमा आबद्ध रहेका निजी स्कुलले परिक्षा सञ्चालन गरेका हुन ।
 ‘कोरोना व्यापक रुपमा फैलिएको छ भनेर परीक्षा रोक्न भनेका थियौं,’ एक अभिभावकले भने, ‘परीक्षा दिन नआउने फेल हुन्छन् भनेर जबरजस्ती गरे ।’  ‘हाम्रो परीक्षा रोकिँदैन, सरकारले गरेको मनलाग्दी निर्णय मान्दैनौं,’ भनेका छन्, बैशाख २० गते सम्म परिक्षा सञ्चालन गर्ने आफुहरुले तयारी गरेको एक निजि विद्यालयका प्रधानाध्यापकले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech