सर्लाहीमा हुल–दंगा तथा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको छ । आन्दोलनको क्रममा हुने धनजनको क्षति रोक्न जिल्लाका सुरक्षा निकायले संयुत्त रुपमा हुल–दंगा तथा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीको प्राङ्गणमा गरिएको अभ्यासमा सुरक्षाकर्मीहरूले हुल व्यवस्थापन,दंगा नियन्त्रणका उपाय,आगलागी रोकथाम र उद्धारका विधिहरू देखाएका थिए।कार्यक्रममा कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्देव रायको प्रमुख आतिथ्यता तथा उप–प्रमुख पुनम कर्ण, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेल,नेपाली सेना कालिध्वज गण पाँचकुमारी व्यारेक नवलपुरका सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द सहितको उपस्थित रहेको थियो।