नेकपा (माओवादी केन्द्र)को भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को छात्रा सचिव पदमा भूमिका जैसीले उम्मेदवारी दिएकी छन्।अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी माघ १२ गते हुने निर्वाचनमा अखिल(क्रान्तिकारी) कैलाली जिल्ला कमिटिको कोषाध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेकी जैसीले छात्रा सचिव पदका लागि आफ्नो उम्मेदवारी दिएकी हुन ।
लामो रसा कस्सीपछि अखिल(क्रान्तिकारी)को नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन हुन लागेको हो।यसअघि छात्रा सचिव पदकी उम्मेदवार जैसी लगायतका विद्यार्थी नेताहरुले आन्तरिक संघर्ष गरेर संगठनमा ३२ वर्षे उमेर हद लगाउन सफल भएका थिए।अब ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुले अखिल(क्रान्तिकारी)को नेतृत्व हाँक्नेछन् ।
छात्रा सचिव पदकी उम्मेदवार जैसी टिकापुर बहुमुखी क्याम्पसमा अध्ययन विद्यार्थी हुन्।उनी कैलालीको इकाइ कमिटि,जिल्ला सदस्य हुँदै जिल्ला कोषध्यक्ष भई जिम्मेवारी पुरा गरे पश्चात केन्द्रीय छात्रा सचिव पदको उम्मेदवार बनेकी छन् ।सङ्ठनलाई एकताबद्ध बनाई आगामी स्ववियू निर्वाचनमा अखिल(क्रान्तिकारी)लाई पहिलो सङ्ठनको रुपमा स्थापित गर्न र विद्यार्थीका मुद्दाहरुलाई सम्बोधन गर्न आफूलाई अमूल्य मत दिएर विजयी गराइ दिन समेत उनले अपिल गरेकी छन् ।