नेकपा(एस) सर्लाहीको शपथ ग्रहण सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-६ गते   ४४४ पटक हेरिएको

नेकपा(एकीकृत समाजबादी)सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण सम्पन्न भएको छ । २ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै सपथ ग्रहण सम्पन्न भएको नेकपा(एकीकृत समाजबादी) हरिवन नगर कमिटि अध्यक्ष चुडामणी वाग्लेले जानकारी दिनु भयो ।
नेकपा(एकीकृत समाजबादी)सर्लाहीमा अध्यक्ष सुरेन्द्र लामा, उपाध्यक्ष देबेन्द्र राय एवम अन्जु पौडेल, सचिब गोबिन्द अधिकारी सहित ११ जना उप सचिव घोषणा गरेको छ । ११ उपसचिवहरुमा क्रमशःबसन्त राज भट्टराई,उत्तर कुमार मैनाली,उद्धब पाठक,सरस नारायण महतो,धन बहादुर मिक्चन,बिएन गुप्ता,नबराज मिश्र,रेणु काफ्ले, लिला देवी कोइराला, अफजल अली एवमं सनोज दास रहेका छन् ।
प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष एवम प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साह, बिशिष्ठ अतिथि केन्द्रिय सचिब नागेन्द्र चौधरी, अतिथी प्रदेश सचिब लक्ष्मण पौडेल,सर्लाही ईन्चार्ज रबिन्द्र बैठा लगायतको उपस्थितीमा जिल्ला कमिटी घोषणा गर्दै सपथ ग्रहण सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech