Close This

घटना गराई फरार अभियुक्त १६ दिनमा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१५ गते   १२३३ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २८ गते लालबन्दीमा अन्दाजी वर्ष ७८ की सिता माया बस्नेतलाई ठक्कर दिएर सख्त घाइते बनाई फरार रहेका अभियुक्त आज.बिहीबार)पक्राउ परेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
बरहथवा घर भएका अन्दाजी ४२ का रामबाबु महत्तोलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटेको प्रहरी निरिक्षक निर्मल थापाको टोलीले पक्राउ गरेको हो ।  मंसिर २८ गते नवलपुर बजारबाट पुर्व पश्चीम महेन्द्र लोकमार्गमा पैदल यात्री बस्नेतलाई ठक्कर दिएर सख्त घाइते बनाई उनि फरार रहेका थिए । घाईते भएकी बस्नेतको चितवन मेडिकल कलेजमा उपचार गरी घर फिर्ता गरिएको भएपनि हालसम्म पनि बस्नेत अचेत अवस्थामा रहनु भएको उहाँका परिवारजनले बताएका छन् ।
१० दिन सम्म अस्पतालको आइसीयुमा उपचार गरेपछि अचेत अवस्थाबाट अर्धचेत अवस्थामा घाइतेलाई डाक्टरको सल्लाहमा डिस्चार्ज गरिएको परिवारीक स्रोतको दाबी छ । ठक्कर दिने मोटरसाइकलको नम्बर प्लेट नभएको हुनाले अनुसन्धानमा केहि कठिनाई भएतापनि निरन्तरको प्रयास पछि दोषी पत्ता लागेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले कमलामाई खबरडटकमलाई जानकारी दिनुभयो । उहाँका अनुसार घटना भएको १६ औं दिनमा पत्ता लागेको दोषीलाई सवारी ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइएको छ । घटनाका फरार अभियुक्त पत्ता लगाएर कानुनी कार्बाही गर्न सफल भएको भन्दै पीडित परिवारले खुसीव्यक्त गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech