Close This

सर्लाही जिल्लाभर चाडपर्व लक्षित नागरीक सहायता कक्षको स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२३ गते   ५३६ पटक हेरिएको

सर्लाही जिल्लाभर चाडपर्व लक्षित नागरीक सहायता कक्षको स्थापना गर्दै फोटो सहकर्मी रितिक अधिकारी

सर्लाही प्रहरीले जिल्लाभर नागरीक सहायत कक्षको स्थापना गरेको छ ।  चाड पर्वको समयमा नागरीक तथा यात्रुहरुका गुनासा सुन्ने र समस्याको समाधान गर्न मद्धत गर्ने उद्धेश्यका साथ नागरीक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
चाडपर्वको समयमा गैर कानूनी क्रियाकलाप हुन सक्ने,सवारी साधनहरुमा यात्रा गर्दा विभिन्न समसया सृजना हुन सक्ने  भन्दै जिल्लामा सुरक्षा व्यावस्था थप मजवुत पार्दै नागरीक सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।


जिल्ला भर रहेको नेपाल प्रहरी,ट्राफिक प्रहरीका सबै युनिटहरुमा टेन्ट नै लगाएर नागरीक सहायता कक्षको स्थापना गरिएको र तेहाँ नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु २४ सैँ घण्टा डियटीमा रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो ।
हरेक वर्ष झैँ यस वर्षपनि सर्लाही जिल्लाभर नागरीक सहायता कक्षको स्थापना गरिएको छ । जसबाट यात्रुहरु,नागरीकहले  यात्राको क्रममा आफुलाई परेको समस्या राख्ने पाउने र समस्या समाधानको लागि नागरीक सहायता कक्षमा खटिएका सुरक्षाकर्मीहरुले सहयोग गर्ने बुझिएको छ । नागरीक सहायता कक्ष दशैँ तिहार र छठ सम्म रहने प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech