Close This

महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा सर्लाहीमा फ्रि–मिडिया नेटवर्क गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-५ गते   ४४ पटक हेरिएको

सर्लाहीमा फ्रि–मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष  टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय नेटवर्क गठन गरिएको हो ।  १५ सदस्यीय नेटवर्कमा मलंगवा नगरपालिकाकी उप प्रमुख शवनम मिकरानी, जिल्ला समन्वय समितिका सदस्य विद्यानन्द पण्डीत, सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सरोजसिंह खड्का, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, गैर सरकारी संस्था महासंघका अध्यक्ष शिवजी साह, नेपाल बार एशोसिएसनका अध्यक्ष राम नरेश चौधरी, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह, महिला अधिकारकर्मी रम्भा झा, तराई मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र, चक्रघट्टा गाउँपालिकाकी कार्यपालिका सदस्य सुशिला ठाकुर, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय कृष्णकुमार एस्माली र शंकर श्रेष्ठ सदस्य रहेका छन् ।
मानव अधिकार संचार प्रतिष्ठान नेपाल काठमाडौंको आयोजनामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यक्रम संयोजक निराजन नेपालीले फ्रि–मिडिया नेटवर्क गठनको उद्देश्य तथा गर्नुपर्ने कामका बारेमा प्रश्ट पार्नु भएको थियो । कार्यक्रममै महासंघ सर्लाही शाखाका अध्यक्ष एवम फ्रि–मिडिया नेटवर्कका अध्यक्ष क्षेत्रीले सर्लाहीको पत्रकारिताको अवस्था, कोरोना भाईरस लगायत विविध समस्याले संचार प्रतिष्ठान र पत्रकारलाई पारेको असर, पत्रकारद्वारा आचार संहिता पालना लगायतका बारेमा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
पत्रकारिता क्षेत्रको उत्थान एवम समस्या सम्बोधन सहित पत्रकारिता क्षेत्रलाई जिम्मेवार एवम जवाफदेहि बनाउन सबै पक्षले गम्भीर भएर लाग्नुपर्ने सहभागी सबै सदस्यहरुको धारणा रहेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल कुमार ठाकुरले बताउनु भयो । 
 सर्लाहीका संचार प्रतिष्ठान एवम पत्रकारहरुलाई आईपरेका विविध समस्या सम्बोधन गराउन सामुहिक पहलकदमी चाल्ने, संचार प्रतिष्ठान एवम पत्रकारहरुको हकहित सहित जिम्मेवार एवम जवाफदेहि बनाउने लगायत कार्यका लागि जिल्ला स्थित सरोकारवाला सरकारी एवम गैर सरकारी निकायका जिम्मेवार अधिकारीहरुको सहभागितामा फ्रि–मिडिया नेटवर्क गठन गरिएको प्रतिष्ठानका कार्यक्रम संयोजक नेपालीले बताउनु भयो ।
 मानव अधिकार संजाल प्रतिष्ठानको आयोजना एवम फ्रि मिडिया नेटवर्क सर्लाहीको सहकार्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यालय र ईन्टरनेशनल अलर्ट साझेदार संस्था रहेका छन् भने युरोपियन युनियनको सहयोग रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech