मकवानपुरकाे भिमफेदीमा विङ्गर दुर्घटना १४ जना घाइते,तीनकाे अवस्था गंम्भिर

809 Shares

मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ सडक खण्डमा विङ्गर दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।सर्लाहीको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा सर्लाहीकाे लालबन्दी नगरपालिका १५ परवानीपुरकी अन्दाजी वर्ष २८ कि अम्बरी लो लामा,लालबन्दी नगरपालिका १६ परवानीपुर भोर्लेनीका अन्दाजी वर्ष ३६ का रितिक राई,साेही ठाउँका अन्दाजी वर्ष ४५ का पदम बहादुर श्रेष्ठ,अन्दाजी बर्ष ५१ का राजाराम बस्नेत,लालबन्दी नगरपालिका १ नवलपुरका अन्दाजी वर्ष ५६ का गाेपाल थापा,लालबन्दी १६ कि अन्दाजी बर्ष ३० की शान्ता बि.क.,लालबन्दी ४ का अन्दाजी बर्ष ४० का सरोज कुमार चौधरी,लालबन्दी १५ कि अन्दाजी वर्ष २७ कि निर्मला बि.क.अन्दाजी वर्ष २२ कि सिमा घलान,लालबन्दी ५ का अन्दाजी बर्ष ५० का समिर सुवेदी,लालबन्दी १६ कि अन्दाजी बर्ष २७ कि कल्पना बि.क.,लालबन्दी १५ कि अन्दाजी बर्ष २२ कि निलिमा खड्का,अन्दाजि वर्ष २५ कि सुस्मा बि.क.र साेही ठाउँका अन्दाजी बर्ष ३२ कि पवित्रा घिसिङ रहेका छन् ।

विङ्गरकाे ब्रेक फेल भएर दुर्घटना हुँदा घाईते भएका १४ जना मध्य राजाराम वस्नेत,गाेपाल थापा र शान्ता वि.क गरी तीन जनाकाे अवस्था गम्भिर,आठ जनाकाे अवस्था मध्यम र तीन जना सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार