पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदान अगाडि मोटरसाईकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदान अगाडि बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्करबाट हरिपुर नगरपालिका ६ लक्ष्मीपुरका अन्दाजी ६७ वर्षीय अवधी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लालबन्दीबाट परवानीपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले बिहीबार साँझ पैदलयात्री चौधरीलाई ठक्कर दिएको थियो ।उनको उपचारको क्रममा ज्यान गएको हो।शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
पैदलयात्रीलाई ठक्कर दिने मोटरसाईकलका चालक लालबन्दी नगरपालिका १६, परवानीपुरका अन्दाजी २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका १२,घारिबथानका अन्दाजी २७ वर्षीय निरज लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए।उनका अनुसार घाईते दुवै जनाको लालबन्दी नगर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको छ ।