सर्लाहीको लालबन्दी र इश्वरपुर जोड्ने फुलजोर खोलाको डेढ महिनाअघि बाढीले क्षति पु¥याएको पुल निर्माण कार्य अलपत्र परेको छ । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महिना पुगी सकेपनि पुल पुनः निर्माणको काम अघि बढ्न सकेको छैन्।
पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको पुलको पुनः निर्माणको काम क्षेती पुगेको डेढ महिना भइृ सक्दा पनि पुनः निर्माण हुन सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताउनु भयो ।
असार १५ मा परेको सामान्य पानीका कारण २०० मिटर लामो पुल मध्य करिब ४० मिटर पुलमा क्षति पुगेको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले निर्माण कार्य सुस्त गरेका कारण पुलको निर्माण समयमै सम्पनन हुन नसकेको लालबन्दी नगरपालिका ३ का वडा अध्यक्ष रामनारायण चौधरीले बताउनु भयो ।
पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य छिमेकी स्थानीय निकाय बाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउने स्थानियलाई समस्या परेको छ । ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदारहरुको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो । संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५÷०७६ बाटै पुल निर्माणको काम सुरु भएको हो । बर्खा याममा काम नहुने नभएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम सुरु हुने निर्माण कम्पनीका प्रतिनिधि मनोजकुमार साहले बताएका छन ।
पुलको ढलान वर्षा शुरु भएपछि भएको र स्प्रीङ तान्ने समयमा परेको सामान्य पानीले गर्दा खोलाको बालुवा धसिँदा पुलको सेटिङ्गमा क्षेती पुगी पुलको करिब ४० मिटर षेत्र भासिएको थियो । सो क्षेत्रमा अहिले सेटिङ खोल्ने काम भइरहेको छ ।