Close This

कोरोनाबाट सिन्धुलीमा थप एक पुरुषको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-२९ गते   ३०० पटक हेरिएको

सिन्धुलीमा कोरोना संक्रमणका कारण थप एकजना पुरुषको ज्यान गएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका–४ तिनकन्याका ६२ वर्षीय एक पुरुषको शुक्रबार आफ्नै निवासमा कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
६ दिनअघि उनको टाउकोमा समस्या देखेपश्चात उपचारको लागि न्युरो हस्पिटल काठमाडौं लगिएको थियो । हस्पिटलमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर भर्ना गरीएको थियो ।
अस्पतालमा उनलाई टाउकोको अप्रेशन गर्नुपर्ने डाक्डरले सल्ला दिएका थिए । डाक्डरको सल्लाहा अनुसार नै अप्रेशन गरेको र अप्रेशन सम्पन्न भएपश्चात कोरोना पोजेटिभ रिपोर्ट आएको मृत्यकका छोराले बताएका छन  ।
आर्थिक स्थिति कमजोर भएकाले उपचार गर्न नसकि उनलाई अस्पतालबाट परिवारको सल्लाहमा आफ्नो घर तिनकन्या ल्याएको र रातको समयमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
ग्वालटार प्रहरी कार्यालय र स्थानीयको सहायतामा शनिबारमृतकको तिनकन्यामै शवको व्यावस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हालसम्म सिन्धुलीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech