हरिवन ८ ले बुधबारबाट सुरु गर्यो आफ्नै भवनबाट सेवा दिन

685 Shares

 सर्लाहीको हरिवन नगरपालिका ८ को कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।  सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमबाट हरिवन ८ ले आफ्नो सेवा आफ्नै कार्यालयबाट सुरु गरेको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।
उनका अनुसार वडाको पुरानो बजार स्थित जग्गामा ४ कोठे नयाँ भवन निर्माण भएको र बुधबारबाट नै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
वडा कार्यलय भवन उद्धघाटन कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुअख हरिमाया घलान लगायत स्थानीय जनप्रतिनिधिहरु र स्थानीयबासीको उपस्थिति रहेको थियो ।विभिन्न किसिमका निबेदन तथा लेखापढीका कामहरु सेवाग्राहीहरुलाई कार्यालय बाटै सुबिधा दिने तयारी समेत गरिएको वडा अध्यक्ष ढुंगानाले बताए । 

सम्बन्धित समाचार