सर्लाहीको ईश्वरपुरमा लायन्स क्लबको औपचारिक स्थापना भएको छ।ईश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको गल्ला व्यापार संघको भवनमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब स्थापनाको औपचारिक जानकारी गराइएको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डका फस्ट चार्टर प्रेसिडेण्ट डा.आलोक कुमार कुशवाहाले जानकारी दिए ।
उनका अनुसार लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका गर्भनर रवीन्द्रबहादुर प्रधान,लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपाने र इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको विशेष उपस्थितिमा लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड नामक क्लबको स्थापना गरिएको हो ।औपचारिक रुपमा नवगठित क्लबको अध्यक्षमा डा.कुशवाहासहितका पदाधिकारी तथा सदस्य रहेका ईश्वरपुर हेल्पिङ ह्याण्डका लालबाबु काशुवाहाले बताए ।
उनका अनुसार मातृ संस्थाको रुपमा रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष रेवन्तराज तिमल्सिनाको अध्यक्षताएवम लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका गर्भनर प्रधानको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यको विशिष्ठ आतिथ्यतामा लायन्स क्लबको औपचारिक स्थापना भएको घोषणा गरिएको हो ।कार्यक्रममा ईश्वरपुरका विभिन्न वडाका जनप्रतिनिधिहरु लायन्स क्लबका पूर्व तथा वर्तमान पदाधिकारी र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।