चन्द्रनगर ३ का वडा अध्यक्ष महतोले वैकल्पीक व्यावस्था गरि वडाबासीलाई पिउने पानी वितरण गर्दै

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-८ गते   २५९ पटक हेरिएको

 सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्षले वडाबासीलाई आफ्नै लगानीमा पिउने पानीको व्यावस्था गरेका छन् ।लामो समयसम्म पानी नपरेपछि वडाका कलहरु सुकेका कारण वडाबासी पिउने पानी समेत नपाउने अवस्थामा पुगेपछि चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले वडाबासीलाई आफ्नै लगानीमा पिउने पानीको व्यावस्था गरेका हुन ।
वडा कार्यालयमा रहेको मोटर तथा आफ्नो घरमा जडान गरेको मोटर चलाएर वडाबासीलाई खानेपानीको व्यावस्था गरेको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष महतोले बताए । वडा कार्यालयको  मोटर चलेको र आफ्नो घरमा मोटर चलेको रकम चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष महतो आफैँले तिरेर भएपनि वडाबासीलाई पिउने पानीको व्यावस्था मिलाएका स्थानीयले बताएका छन् ।
चन्द्रनगर गाउँपालिकाले खानेपानीको समस्या समाधान गर्न भन्दै ट्यांकरमा पान िदौडाउको भएपनि कहिले आउने कहिले नआउने त कहिले आएपनि नपुगने गरेका कारण वडाबासीलाई थप समस्या भएको अवस्थामा वडा अध्यक्ष महतो आफैले पिउने पानीको व्यवस्था गरेका स्थानीयले बताए ।
उनले वडामा पिउने पानीको हाहाकार हुन थालेपछि करिब २ सय ५० फिट गहिराईमा कल गाडेर मोटर चलाएर वडाबासीलाई पानीको वैकल्पीक व्यावस्था गरेका हुन । उनले आफ्नो वडामा रहेका करिब १ हजार २ सय घरधुरीलाई पिउने पानीको व्यावस्था गर्न ६ लाख लिटर क्षमताको ओभर हेड ट्यांकी निर्माण गर्ने योजना बनाएको बताए । 
तत्कालका लागि आफ्नो वडाका विभिन्न ७ स्थानमा कल गाडेर भएपनि पानीको व्यावस्था गरिने र दिर्घकालीन रुपमा पिउने पानीको समस्या समाधान गर्न ६ लाख लिटर क्षमताको ओभर हेड ट्यांकी निर्माण गर्ने योजना बनाएको वडा अध्यक्ष महतोले बताए ।सबैतिर पिउने पानीको हाहाकार भई रहेको समयमा वडा अध्यक्ष महतोले वैकल्पीक व्यावस्था गरेर भएपनि वडाबासीलाई काकाकुल हुनबाट बचाएका भन्दै वडाबासी निकै खुसी भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech