नेपाली जनताले अव गफ गरेर विश्वास नगर्ने नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष नेपालको भनाई

2.8k Shares

नेकपा (एकीकृत समाजवाद) का अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त भएको बताउनु भएको छ । सर्लाहीको सागरनाथ जंगल क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान नभएको बताउँदै पुर्व प्रधानमन्त्री एवम नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त भएको बताउनु भएको हो ।
सर्लाहीको हरिवन नगरपालिका ५ को वडा कार्यालय उद्धघाटन गरि हरिवन नगरपालिका ५ कै घुर्काैली स्थित द्वन्द्वपीडित बालगृहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नभई सर्लाहीको सागरनाथ जंगल क्षेत्रमा बनाउनुपर्ने बताएका थिए। उक्त प्रसंगलाई लक्षित गर्दै पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष नेपालले अध्ययनको कमी हुनेहरूले यस्तो तर्क गर्ने बताउनु भयो । 
“उहाँले अध्ययन गर्नु भएकै छैन, मैले त पूरै अध्ययन गरेको छु, म प्रधानमन्त्री भएकै बेला र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक भएर पनि मैले पटक पटक निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गरेको छु”, नेपालले बताउनु भयो ।“मैले हेलिकप्टर लिएर सागरनाथ जंगल क्षेत्रको समेत निरीक्षण गरेको थिएँ, तर निजगढको जंगलजति सागरनाथ जंगल क्षेत्र उपयुक्त देखिएन।” उहाँले बताउनु भयो ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडी प्रधानमन्त्री नम्बर एकको रुपमा गिनिज बुकमा नाम लेखाउनुपर्ने व्यंग्य गर्दै अध्यक्ष नेपालले गफलाई नेपाली जनताले विश्वास नगर्ने बताउनु भयो । ‘उहाँ प्रधानमन्त्री हुँदा गफबाहेक विकासका अरु केही काम नगरेको , कामभन्दा कुरा बढी, एकैपटक देशभरका पालिकाहरूमा अस्पताल शिलान्यास गर्नुभयो अनि अहिले एकै पटक देशभरका वडा र पालिकाहरुमा पार्टी अधिवेशन रे”, भन्दै अध्यक्ष नेपालले व्यांग्य गर्नु भयो ।
सर्लाहीको विभिन्न कार्याक्रममा सहभाग िहुन सर्लाही आउनु भएका अध्यक्ष नेपाल अझैँ केही दिन सर्लाही मै रहने नेकपा(एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले बताउनु भयो ।

सम्बन्धित समाचार