Close This

स्रोत नखुलेको रु ५ लाख सहित एकजना सर्लाहीबाट पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-३१ गते   २५१८ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट स्रोत नखुलेकको रु ५ लाख नगद सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी गस्ति टोलीले स्रोत नखुलेको रु ५ लाख नगद सहित मलंगवा नगरपालिका–३  का ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । 
 खातुनको साथबाट रु १ हजारका दरका ५ सय थान नोट जम्मा रु ५ लाख स्रोत नखुलेको रकम बरामद् भएको हो । बरामद् भएको रकम सहित खातुनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech