लालबन्दीका ट्याक्टर व्यावसायीहरु आन्दाेलीत

515 Shares

सर्लाहीको लालबन्दी नगरपालिका भित्रका ट्याक्टर व्यावसायीहरु आन्दाेलित भएका छन् । लालबन्दी नगरपालिकाले नगर भित्रका नदीहरुकाे समयमै ठेक्का नलगाउदाँ आफुहरुले प्रति पटक रु पाँच हजारका दरले नगरपालिकाले जरिवाना गर्ने गरेका कारण आफुहरु मारमा परेकाे ट्याक्टर व्यावसायीहरुकाे गुनासाे छ ।लालबन्दी नगरपालिकाकाे ढिला सुस्तिका कारण आईईई नगरेका कारण नगर भित्रका नदीहरु लखनेदेही,कालिन्जाे र फुलजाेर चालू आर्थिक वर्षकाे पाँच महिना सकिन लाग्दा पनि ठेक्का लाग्न नसकेकाे ट्याक्टर व्यावसायी प्रमाेद थपलियाले बताए ।
नगरपालिकाले आईईई गरेर चाँडो भन्दा चाँडाे नदीहरुकाे ठेक्का लगाउनु पर्ने,राज्यलाई लाग्ने कर तिरेर आफुहरुले निर्वाध रुपमा काम गर्न पाउनु पर्ने लगायतका मागराखी शान्तिपूर्ण तरिकाबाट प्रदर्शन गरेकाे ट्याक्टर व्यावसायी उद्वव कार्कीले बताए ।नगरपालिकाले ठेक्का पनि नलगाउने अनि आफुहरु खाेला पस्दा प्रति पटक रु पाँच हजार जरिवाना गर्ने गर्दा आफुहरु ट्याक्टर चलाउन नसक्ने जसका कारण ट्याक्टर चालकहरु र लेभरहरुकाे घरपरिवार चलाउन समस्या हुने भएकोले पहिलाे चरणमा आफुहरु शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएको ट्याक्टर व्यावसायीहरुकाे भनाइ छ ।

सम्बन्धित समाचार