Close This

१०७ औँ विपी जन्म जयन्तीको अवसरमा आइसोलेसन भवनका लागि ५१ हजारसहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२४ गते   ३६५ पटक हेरिएको

१०७औं विपी जन्म जयन्तीको अबसरमा नेपाली कांग्रेस सिन्धुलीद्धारा आइसोलेसन भवनलाई ५१ हजार सहयोग

नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको १०७ औ जन्म जयन्ती सिन्धुलीमा पनि मनाइएको छ । जिल्लामा बुधबार विभिन्न कार्यक्रम गरेर विपि कोइरालाको १०७ औ जन्म जयन्ती मनाइएको छ।
विपि कोइराला युवा नेतृत्व विकास मंच सिन्धुलीको आयोजनामा युवामा विपि विषय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ । 
कार्यक्रममा बोल्दै विपि कोइराला युवा नेतृत्व विकास मंच सिन्धुलीका अध्यक्ष डम्बर कार्कीले विपीले अंगिकार गरेको समाजवादको बाटो विर्सन नहुने बताउनु भयो । उहाँले कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेको चर्चा गर्नु भयो । साथै उहाँले कोइरालाको सङ्घर्षबाट अहिलेको युवा पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । 
विपि कोइराला युवा नेतृत्व विकास मंच सिन्धुलीका अध्यक्ष कार्कीको अध्यक्षतामा सागकुमार ढकाल, नेपाली कांग्रेस जिल्ला समिति सिन्धुली, नेपाली कांग्रेस गाउँसमितिका पधाधिकारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
यस्तै गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा पनि विपि जयन्तीको सम्झना विपिको तस्विरमा माल्यापर्ण गरिएको छ ।  गोलन्जोर गाउँ समितिका सभापति मोतिराज सापकोटाको अध्यक्षतामा  कार्यक्रम भएको गोलन्जोर गाउँपालिका ३ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता पुस्करराज बरालले जानकारी दिनु भयो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको  गोलन्जोर गाउँ समितिका सभापति मोतिराज सापकोटाले बताउनु भयो । 
विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भएका थिए । २०१५ सालमा भएको आम निर्वाचन पछि १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात आठ वर्ष जेलजीवन बिताउनु भएको थियो । 
राजनीतिज्ञ मात्र नभएर साहित्यकारको रुपमा समेत परिचित कोइरालाका दोषी चश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी लगायतका कृति चर्चामा छन । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । 
यस्तै विपिको जन्मजयन्तीको अवसमा कमलामाई नगरपालिका ६ मा निमार्णधीन आइसोलेसन भवन निर्माणका लागि नेपाली कांग्रेस जिल्ला समिति सिन्धुलीले ५१ हजार नगद सहयोग गरेको छ ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech