पूर्व गृह मन्त्री श्रेष्ठ र पूर्व रक्षा मन्त्री उप्रेती एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा

186 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर ३ मा ३४ जना उम्मेदवार छन्।पूर्व गृहमन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण काजी श्रेष्ठ(प्रकाश),पूर्व रक्षा मन्त्री एवम नेकपा(एमाले)का नेता हरि प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता नरेन्द्र साह यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन्।रोचक त यो छ कि श्रेष्ठ पूर्व गृह मन्त्री र उप्रेती पूर्व रक्षा मन्त्री एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छन् । 
पूर्व गृह मन्त्री श्रेष्ठ राष्ट्रिय जनमोर्चाबाट नेकपा(माओवादी),एनेकपा(माओवादी ) र माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवार  बनेका हुन भने उप्रेती एमालेबाटै यस अघिपनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । भने रास्वपाका साह कहिले स्वतन्त्र त कहिले माओवादी केन्द्र हुँदै सोही क्षेत्रमा चुनावी मैदानमा छन् ।
२०६४ मा सोही क्षेत्रबाट एमालेका उप्रेतीले १० हजार पाँच सय ८७ मत ल्याएका थिए । २०७० सालमा सोही क्षेत्रबाट उप्रेतीले १२ हजार आठ सय आठ मत ल्याएर निर्वाचित भएका थिए ।त्यसैगरी २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट ३२ हजार नौ सय ३८ मत ल्याई विजयी भएका उप्रेती अहिले फेरी चुनावी मैदानमा छन् ।निर्वाचनको समयमा टिकट नपाएपछि अर्काे पार्टी रोजेर उम्मेदवारी ल्याउने काममा मधेस केन्द्रित दलहरु र तीनका नेताहरु लागि रहेका भएपनि नेकपाका नेता श्रेष्ठ र एमालेका नेता उप्रेती आफ्नै पार्टीबाट उम्मेदवार बनेका छन्। 
बरहथवा,हरिपुर,हरिवन,बागमती र कविलासी नगरपालिका सहित कौडेना र बसबरिया गाउँपालिकाका वडा गरी कुल ५१ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर ३ मा कुल एक लाख ३४ हजार चार सय १२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार सर्लाही क्षेत्र नम्बर ३ मा ७६ वटा मतदास्थल र एक सय ५९ वटा मतदान केन्द्र छन्।७१ हजार चार सय ५१ जना पुरुष र ६२ हजार नौ सय ५८ जना महिला तथा तीन जना अन्य गरी सर्लाही क्षेत्र नम्बर ३ मा कुल एक लाख ३४ हजार चार सय १२ जना मतदाता रहेका छन् ।
कुन वडामा कति मतदाता छन् ? 
बरहथवा नगरपालिका
वडा नम्बर ५ : ४५७०
वडा नम्बर ६ : २०१७
वडा नम्बर ७ : ३६२३
वडा नम्बर ८ : १८८७
वडा नम्बर ९ : ३४४९
वडा नम्बर १० : २८०१
वडा नम्बर ११ : २१५९
वडा नम्बर १२ : १८९८
वडा नम्बर १६ :२५१७
वडा नम्बर १७ : २०२७
वडा नम्बर १८ : १४५५
बागमती नगरपालिका
वडा नम्बर १ : ३४४१
वडा नम्बर २ : २४५४
वडा नम्बर ३  : ३५२५
वडा नम्बर ४ : ४०९३
वडा नम्बर ५  ः ३४६९
वडा नम्बर ६ : २११८
वडा नम्बर ७ : २५६२
वडा नम्बर ८ : २५२५
वडा नम्बर ९  : १८३५
वडा नम्बर १० :  २०३६
वडा नम्बर ११ : १९८७
वडा नम्बर १२ : २८३१
हरिवन नगरपालिका
वडा नम्बर १ : २७२९
वडा नम्बर २ : २७८८
वडा नम्बर ३ : २४६७
वडा नम्बर ४ : २२७५
वडा नम्बर ५ :  २६४०
वडा नम्बर ६ : २७३४
वडा नम्बर ७ : १९८७
वडा नम्बर ८ : ४३७६
वडा नम्बर ९ : ३१८१
वडा नम्बर १० : ३८३९
वडा नम्बर ११ : ५४३१
कविलासी नगरपालिका 
वडा नम्बर ३ : २७३२
वडा नम्बर ४ : २६८२
वडा नम्बर ५ : २१००
वडा नम्बर ६ :  २५०४
चक्रघट्टा गाउँपालिका
वडा नम्बर १ : १६६२
वडा नम्बर २ : २११७
वडा नम्बर ३ : २४४६
वडा नम्बर ४ : २५६२
वडा नम्बर ५ : १९०८
वडा नम्बर ६ : १५८१
वडा नम्बर ७ : १९१७
वडा नम्बर ८ : २५०२
वडा नम्बर ९ : १६०५
बसबरिया गाउँपालिका
वडा नम्बर ४ : २५३२
वडा नम्बर ५ : २२८८
वडा नम्बर ६ : २३९२
हरिपुर नगरपालिका 
वडा नम्बर १ : ३१४६ गरी कुल ५१ वटामा एक लाख ३४ हजार चार सय १२ जना मतदाता रहेका छन् ।

सम्बन्धित समाचार