सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
मिश्रलाई कविलासी नगरपालिका १० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरिक्षक रिाठौरले जानकारी दिनु भयो । “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ ।” प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका प्रदेश २ का जिल्लाहरुमा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियारहरु भित्रने क्रम जारीरहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाका साथ सुरु गरेको छ ।