Close This

सरकार तथा प्रतिपक्षद्धारा नयाँ वर्षको शुभकामना 

पत्र पत्रिका    प्रकाशित: २०७६-१२-३० गते   ५८७ पटक हेरिएको

आज (सोमबार) वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उहाँहरुको आग्रह छ ।
यस्तै लकडाउनलाई पूर्ण पालना गर्दै क्वरेण्टीनमा बस्न पनि आग्रह गरिएको छ । मानव जातिले आदिमकालदेखि नै प्राकृतिक र मावन सिर्जित विभिन्न विपद्सँग लड्दै र त्यसमाथि विजय हासिल गर्दै आएको र यस पटक पनि कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प, त्यही अनुसारको व्यवहार र आवश्यक क्रियाशीलतासहित आपसमा शुुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।


तर नयाँ वर्ष बनाउने बहानामा एक अर्काको नजिक हुने, भिडभाड गर्ने जस्ता काम नगर्न सरकारले आग्रह गरेको छ । यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ ।

नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण यस वर्षको नयाँ वर्ष केही खल्लो हुने भएको छ । गएका वर्षहरुमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिए पनि कोरोनाका कारण यस वर्ष घरमै बसेर धेरैले नयाँ वर्ष मनाउँदै छन् । यस्तै पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भिड पनि यस वर्ष हुने छैन । भिडभाड हुँदा रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजा मात्र हुने गरेको छ ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई घरबाटै मनले दर्शन गर्न आह्वान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech