धनकौलमा कांग्रेस र एमाले विच झडप,६ सेल हवाई हायर

2.2k Shares

सर्लाहीको धनकौल गाउँपालिका २ को मतदान स्थलमा झडप हुँदा ६ सेल हवाई फायर भएको छ । २०७९ बैैशाख ३० को स्थानिय निकायको निर्वाचनमा मतदान गर्न पुगेका मतदाताको विषयलाई लिएर दुई पक्ष विच झडप हुँदा प्रहरीले ६ सेल हवाई फाएर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
धनकौल गाउँपालिका २ स्थित पशु सेवा कार्यलय धनकौल मतदान स्थलमा  मतदान गर्न पुगेकी एक स्थानिय बुद्धालाई सहयोग गर्ने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताले आफुखसी मतदान गरे पछि विवाद उत्पन्न भई दुवै पक्षविच ढुंगामुढा हुँदा हानहान हुँदा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले  जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार बिहान नेपाली कांग्रेस र नेकपा(एमाले)का कार्यकर्ताहरू बीच मतदान गर्ने लाइन मा बस्दा ढुङ्गा मुढा हानाहान भएको हो । 
  स्थानिय एक बुद्धाले भोट हाल्ने क्रममा नेपाली कांग्रेसका एक कार्यकर्ताले रुखमा भोट हाल्न भनेपछि धनकौल गाउँपालिका २ का एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार  राम आधार रायले  मतदातालाई स्वच्छाले मतदान गर्नु दिनु भनेपछि दुवै पक्ष विच झडप भएको र सो झडपलाई नियन्त्रणमा लिन आफुहरुले हवाई फायर गर्नु परेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।
धनकौल गाउँपालिका २ धनकौल,३ हरकठवा र ४ मा महिनाथपुर गाउँमा केहीव्यक्तिहरूसँग हात हतियार रहेको भनि खबर आएको प्रहरीले जनाएको छ । प्रहरीले ६ सेल हवाई फाएर गरेपछि  मतदान कार्य पुन सुचारु भएको निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार