कोरिया पठाईदिन्छु भन्दै रकम ठगी गरी चापागाई सम्पर्क विहिन

374 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिका ९ का सुभाष चापागाई स्थानीय मानिसहरुलाई वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै एक लाख भन्दा बढी रकम ठगी गरेर सम्पर्क विहिन भएका छन्।तीनपाटन गाउँपालिका ९ स्थानीय ठेगाना भएका चापागाई विगत केही समयदेखि काठमाण्डौँ बस्दै आएका र तीनपाटन गाउँपालिका ४ का मोहनलाल गौतमलाई कोरिया पठाई दिन्छु भन्दै रु एक लाख रकम लिएर सम्र्पक विहिन भएका हुन ।
तीनपाटन गाउँपालिका ४ का गौतमलाई कोरिया पठाई दिन्छु भन्दै चापागाई र अर्का एकजनाले गरी कुल तीन लाख लिएकामा अर्का मानिसले रु दुई लाख फिर्ता गरेका भएपनि चापागाईले एक लाख रकम नदिएका तीनपाटन गाउँपालिका ४ का गौतमले गुनासो गरे ।दुई जना मिलेर कोरिया पठाई दिन्छु भन्दै लिएको तीन लाख रकम मध्य अर्का एकजनाले दुई लाख फिर्ता गरेका भएपनि चापागाईले एक लाख रकम १३ महिना देखि लिएर सम्पर्क विहिन भएका पीडित गौतमले गुनासो गरे ।
कोरियामा सिजिनर भिसामा कृषि कर्मको लागि पठाउने र मासिक तलब रु दुई लाख भन्दा बढी हुने कोरिया जान आठ लाख लाग्ने बताएर राम्रो आश्वासन दिए पछि आफुले राम्रो कमाई हुने आसमा तीन लाख रकम दिएको भएपनि आफुलाई कोरिया पनि नपठाएका र आफ्नो रकम फिर्ता माग्दा केही समय पहिला चापागाईले चेक दिएका भएपनि खातामा रकम नभएको चेक पाएको गौतमले गुनासो गरे ।उनले भने पहिला अलि अलि कुरा हुन्थ्यो तर पैसा फिर्ता माग्न थालेपछि चापागाई सम्पर्क विहिन भएका छन् ।अध्यागमन विभाग र वैदेशिक रोजगार विभागमा आफु उजुरी गर्न जाने तयारीमा रहेको पीडित गौतमले कमलामाई मिडिया प्रा.लिलाई बताए ।उनले भने सुभाष चापागाईले दिनुपर्ने मेरो १ लाख रकम १३ महिनादेखिको बाँकी छ उनले व्याज सहित दिए उजुर वाजुर गर्दीन नत्र न्यान माग्न अध्यागमन विभाग र वैदेशिक रोजगार विभागमा जान्छु ।
यता, चापागाईले आफुले गौतमसंग निरन्तर कुरा गरि रहेको बताए ।उनले तपाई पत्रकार हो ?मलाई दुई दिनपछि भेट्नु भेटेर कुरा गर्छु ।चापागाईले कमलामाई मिडिया प्रा.लिसंग भने। अनावश्यक कुरालाई समाचार नबनाउन र आफुले पीडित भनिएका गौतमसंग कुरा गरि रहेको चापागाईले बताए ।उनले कमलामाई मिडिया प्रा.लिलाई भेटेर फेस गर्न,हावजादारी कुरा लेख्न कसैलाई छुट नभएको र आफुु सम्पर्र्क विहिन पनि नभएको समेत बताए ।उनले कमलमाई मिडिया प्रा.लिलाई पीडित गौतमलाई लिएर आफुलाई भेट्न र नभेटे के गर्नु पर्छ याद रहोस भन्दै धम्कीपुर्ण अभिव्यक्ति दिए ।

सम्बन्धित समाचार