Close This

हिमाल पाेष्टकाे समाचार प्रति प्रेस सेन्टर सर्लाही र कमलामाई मिडिया प्रालिकाे आपती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२५ गते   ४८४ पटक हेरिएको

सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको भन्ने हिमाल पाेष्टकाे समाचार समाचारमा कतै सत्यता नभएको पाईएकाे छ ।
हिमाल पाेष्टले उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड हुँ’ भन्दै व्यापारीसँग रकम मोलमोलाई गरिरहेको अडियो हिमालपोस्टलाई प्राप्त भएको छ । भन्ने भ्रामक कपाेकल्पीत,अपुष्ट र चरित्र हत्या गर्ने मनसाय राखेर हिमाल पाेष्टले पीत पत्रकारीता गरी समाचार सम्पादन गरेकाे कमलामाई मिडिया प्रालिका अध्यक्ष शंखर पहाडी(गाैरब)ले बताउनु भयाे । उहाँका अनुसार  ईन्दल नाम गरेका व्यापारीलाई फोन मार्फत प्रहरीको नाम लिँदै मधेशी भाषामा  संवाद गरेका उनले आफू शसस्त्र प्रहरी मधेश प्रदेशको डिआईजीको बडीगार्ड भनेर परिचय दिएका छन् भन्ने समाचारमा  कुनै पनि सत्यता नरहेकाे र आफुले जिल्लाका वा बाहिरका कुनै पनि व्यापारीहरुसंग कुनै पनि फाेनमा सम्वाद नभएको बताउनु भयाे ।
आफू विगत लामाे समयदेखि राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजनका लागि सर्लाही सम्वाददाता  रहेकाे र आफुले कमलामाई कमलामाई मिडिया प्रालि मार्फत कमला टाईम्स दैनिक पत्रिका सञ्चालन गरि पत्रकार गाैरबले बताउनु भयाे ।  उहाँले आफू नेकपा(माओवादी केन्द्र) काे शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपाल सर्लाहीको जिल्ला अध्यक्ष आफू रहेकाे र रमेश अधिकारी(रितिक) जिल्ला सचिव भएको  भन्ने विषयमा सत्यता रहेकाे बताउनु भयाे ।
हिमाल पाेष्टले उनीहरूले लामो समयदेखि यसरी नै स्थानीयलाई त्रसित बनाउने गरेको र स्थानीय केहि नेताहरूले उनीहरूको संरक्षण गरिरहेको बताइन्छ । भन्ने समाचारमा कतै सत्यता भए बाहिर ल्याउन र पुष्टि गर्न अध्यक्ष गाैरबले आग्रह गर्नुभयाे ।
त्यस्तै प्राप्त अडियो रेकर्ड अनुसार उनीहरुले लालबन्दीका ठाउँठाउँमा व्यापारीलाई भेट्न बोलाएका छन् । कहिले प्रहरीको बडीगार्ड त कहिले पत्रकारको नामबाट उनीहरूले सर्लाहीका विभिन्न सिमा नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न समान भित्र्याउने व्यापारीहरुसँग रकम असुली गरिरहेको स्थानीयसँग गुनासोका पोका छन् । भन्ने भ्रामक समाचार रहेकाे उनले बताए  ।
स्थानीय ब्यापारी र प्रहरीले गरेको गुनासोका आधारमा खोज्दै जाँदा हामीलाई प्राप्त भएको सूचना र अडियोबाट सरकारी समाचार माध्यम राष्ट्रिय समाचार समिति (रासस) मा जिल्लाबाट काम गर्ने पत्रकार पहाडीले ब्यापारीलाई फोन गरेर बार्गेनिङ गरेको खुल्छ । उनले सगरमाथा टिभिमा समेत काम गर्ने गरेको खुलेको छ । भन्नेमा रासस र सगरमाथा टेलिभिजनमा काम गर्ने गरेकाे भन्ने सत्यता भए पनि बार्गेनिङ गरेकाे भन्ने आधार पुष्टि गर्न पत्रकार गाैरबले चुनाैती दिनुभयाे ।
पहाडीसँगै न्युज २४ का रिपोर्टर रितिक अधिकारीसमेतको संलग्नतामा असुली धन्दा मच्चाएको भेटिएको देखिन्छ । उनीहरूले प्रहरी, रासस, न्युज २४, तथा सगरमाथा टिभिको समेत नाम दुरुपयोग गरेर उनीहरूले असुली धन्दा चलाएको पिडितहरूको गुनासो छ । भन्नेमा पनि सत्यता नरहेकाे बताएका छन् ।जनताका गुनासा, सूचना र जनताका समस्याबारे आवाज उठाउने पत्रकारले नै विभिन्न नाममा व्यापारी र अन्यलाई धम्क्याएर पैसा असुली गरिरहेको भन्दै पहिलेदेखि नै स्थानीयले गुनासो गर्दै आइरहेका थिए । भन्ने विषयमा पुष्टि गर्न पत्रकार गाैरबले हिमाल पाेष्टका सम्पादक माेती खनाललाई आग्रह गर्नु भयाे ।
हामीलाई प्राप्त अडियो र सूचना अनुसार गाैरब र प्रेस सेन्टर नेपालकै जिल्ला सचिव रितिक अधिकारी(रमेश)ले व्यापारीहरुलाई फोन मार्फत धम्क्याएर हप्ता असुली शैलीमा बार्गेनिङ गरिरहेका छन् । भन्नेमा सत्यता भए पेश गर्न र सत्यता नभएको खण्डमा सराेकारवाला निकायमा कानुनी उपचारकाे लागि जाने पत्रकार गाैरबले बताउनु भयाे ।
राससका प्रतिनिधि गौरव र अर्का पत्रकार अधिकारीले व्यपारीसँग अवैध रकम मागेको ७ वटा अडियो हामीलाई प्राप्त भएको छ । एउटा अडियोमा इन्दल नाम गरेको व्यापारीसँग गौरवले आफु डिआएजीको बडिगार्ड हो भन्दै पुकार, सरिता, संतोष, बिजय लगायत चार पाँच जना व्यापारीहरुले अवैध कारोवार गरेको भन्दै रकम मागेको सुन्न सकिन्छ । जवाफमा व्यापारीले आफु सानो व्यपारी भएको भन्दै गुनासो गरिरहेका छन् । भन्नेमा पनि कहि कतै सत्यता नरहेकाे बताएका छन् ।
पत्रकार गौरवले व्यापारी इन्दललाई गरेको फोनमा तपाईहरुको ठूलो गिरोह हो र सर्लाहीको बजारमा इन्दल,पुकार,सरिता, संतोष,बिजय लगायतका व्यापारीहरुको अवैध सम्मानहरु छ्याप्छ्याप्ती भएको छ, यो सबै सशस्त्र प्रहरीमा जानकारी आएको छ’ भन्दै बार्गेनिङ गरेका छन् । अबैध सामान भित्र्याएबापत रकम नबुझाए प्रहरी खटाइ उक्त सामान जफत गरिने गौरवले व्यापारीसँग बताएका छन् । भन्नेमा आफू प्रहरीको कुन तहकाे कर्माचारी हुँ र फेरि कसकसलाइ कतिकति डिल गरेकाे हाे भन्ने प्रष्ट पार्न पनि पत्रकार गाैरबले चुनाैती दिनुभयाे ।
उहाँले ‘कपडा,चिनि, लगायत विभिन्न सामग्रीहरु कुन-कुन नाकाबाट भित्रिएको छ, त्यो सबै हामीलाई जानकारी छ’ स्थानीय भाषामा गौरवले व्यापारीसँग भनेका छन् । ‘इन्दलजी तपाइको नाम डिआइजी साहेबको डायरीमा एक नम्बरमा छ,हामीलाई सबै जानकारी आएको छ । हाम्रो नाम दुरुपयोग गरी काम गर्ने भन्दै उनले बार्गेनिङ गरेका छन् । भन्ने  समाचारमा  सत्यता पेश नगरे विरुद्ध  कडा प्रतिकार गर्ने कमलामाई मिडिया प्रालिका गाैरबले बताउनु भयाे ।
अर्को अडियोमा न्युज २४ का रिपोर्टर अधिकारी तिनै व्यापारीसँग कुरा गरेको सुनिन्छ । अडियोमा आफु इन्दल बोलेको भन्दै लालबन्दी नगरपालिका स्थित रहेको त्रिभुवन कपडा पसलमा आउनु भनेको सुनिन्छ । जवाफमा पत्रकार अधिकारीले आफु पनि लालबन्दी बजारमा मै भएको बताउँछन् । दुबै जनाको संवादले व्यापारीले त्रिभुवन कपडा पसलमा आएर पत्रकार अधिकारीलाई पैसा लिन बोलाएको जस्तो बुझिन्छ । भन्नेमा पनि पुष्टि गर्न प्रेस सेन्टर नेपाल सर्लाहीले चुनाैती दिएको छ ।
सोहि अडियोमा पत्रकार अधिकारी कपडा पसलमा आउन नमानेपछि बिनय दाइको भाडा पसलमा ब्यापारी इन्दलले आउन भनेका छन् । फेरि पत्रकार अधिकारीलाई शिवचन्द्र कपडा पसलमा बोलाएका छन् । अधिकारीले आफु त्यो कपडा पसलवालालाई नचिनेकोले त्यो ठाउँमा आउन नसक्ने बताएका छन् । अडियो सुन्दै जाँदा अधिकारीले ‘तपाइको मान्छे आएको छैन भन्दै व्यापारीलाई बताएका छन् । भन्ने विषयमा कहिकतै सत्यता नभएको सचिव अधिकारीले बताए  ।
एउटा पत्रकार जसले सत्य सूचना र जनताका समस्याको सही उठान गर्नुपर्ने हो, उसैले प्रहरीको समेत नामको दुरुपयोग गर्दै बार्गेनिङ गर्ने, रकम उठाउने जस्ता कार्यले सिङ्गो पत्रकारीता कै बदनाम गराएकाे भन्ने विषयमा आफू जिल्लामा बसेर पत्रकारीता गरि रहेकाले र संवेदनशिल रहेकाे पत्रकार गाैरबले बताउनु भयाे। उहाँले आफू निजामती पत्रकार भएको कारण सरकारी कर्माचारी र सरकारी कार्यालयका समाचारका विषयमा थप चासाेका साथ र जिम्मेवार भएर लाग्ने बताउनु भयाे ।
बागमतीका मेयरको संरक्षण
हिमालपोस्टले केहि समय अगाडी सर्लाहीको बागमती नगरपालिकामा भएका अनियमितता र मेयरको दादागिरीको विषयमा धमाधम समाचार प्रकाशन गरेपछि मेयरका विरुद्ध समाचार नलेख्न भन्दै संस्थाको लेटरप्याडको दुरुपयोग गरी अनियमितता विरुद्ध लेख्ने पत्रकारलाई नै धम्कीपूर्ण विज्ञप्ति निकाल्ने पहाडीले अनियमितता गरेको आरोप लागेका मेयरको गुणगान गाउँदै पत्रकारलाई फोन समेत गरेका थिए । भन्नेमा प्रेस सेन्टर नेपाल सर्लाहीले सबै पत्रकारहरुकाे बदनाम नहाेस भनेर विज्ञप्ति जारि गरिएको सत्यता हाे । तर विज्ञप्तिमा हिमाल पाेष्ट वा साे मिडियामा काम गर्ने पत्रकार कसैकाे नाम उल्लेख नगरिएको प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव अधिकारीले बताउनु भयाे । उहाँका अनुसार अध्यक्ष गाैरबले बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा माथि लागेकाे आराेपमा स्राेत भए मलाई पनि दिनुस म पनि समाचार लेख्छु भनेर हिमाल पाेष्टका प्रधान सम्पादक माेति खनाललाई फाेन गरेकाे बताउनु भयाे ।
आफू प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्ष रहेकाे र बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा पनि माओवादी केन्द्रका नेता  भएकोले मातृसंगठन र शुभेच्छुक संगठनकाे हिसावले  सकारात्मक सम्बन्ध रहेकाे अध्यक्ष गाैरबले बताउनु भयाे  । साथै संस्थाको नाम दुरुपयोग गरेर अनियमितताको समाचार लेख्ने पत्रकारविरुद्ध विज्ञप्ति निकालेपछि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा(जुगल)लाई  समेत जानकारी गराएकाे र साे विषयमा प्रेस सेन्टर नेपाल मधेस प्रदेशकाे तेस्राे पुर्ण बैठकमा छलफल भएको र केही शब्दावली बहुअर्थ लाग्ने प्रयाेग हुदा फरक बुझिएको अध्यक्ष सापकोटाले बताएका हुन । जसमा पनि हिमाल पाेष्टले कपाेकल्पित समाचार बनाएकाे पुष्टि हुने प्रेस सेन्टर नेपाल सर्लाहीको धारणा छ ।
पहाडी र अधिकारी नाता पर्ने स्थानीय बताउँछन् । भन्नेमा सत्यता छैन साथै उनीहरूले जिल्लाका दक्षिणी क्षेत्रमा प्रहरीहरुसँग समेत पैसा मागेर हैरान गर्ने गरेको प्रहरी स्रोत बताउँछ । कतिलाई प्रहरी बनेर त कतिलाई पत्रकार बनेर उनीहरुले व्यापारीहरुसँग पैसा असुल्ने गरेको बताइन्छ । त्यतिमात्रै होइन उनीहरुले जिल्लाका व्यापारी, क्रसर उद्योगी, शिक्षक तथा नेताहरुलाई समेत पैसा माग्ने गरेको गुनासो छ।  उनीहरुले सबैलाई पैसा मागेर हैरान गर्ने गरेको स्थानीय व्यापारीहरुले बताए । भन्नेमा कुनै सवुत प्रमाण भए प्रेस काउन्सिल नेपालमा पेश गर्न र सवुत प्रमाण पेश भए प्रेस काउन्सिल नेपालले गर्ने कार्बाहीकाे भागेदार आफू तयार रहेकाे कमलामाई मिडिया प्रालिका अध्यक्ष गाैरबले चुनाैती दिनुभयाे ।
सिन्धुली घर भएका पहाडी सुरुमा स्थानीय ढुकढुकी एफएममा काम गर्थे । त्यसपछि उनी रेडियो छोडेर विप्लप माओवादीमा लागेका थिए । विप्लप नेकपामा हुँदा पनि उनकाबारे गुनासो आउने गरेको बताइन्छ । सिन्धुलीका क्यानेश्वर एरियामा सानातिना व्यापारी र स्थानीयलाई समेत उनले दुःख दिएको गुनासो आएको पार्टीका एक नेताले बताए । भन्नेमा कतै सत्यता नरहेकाे तर आफू ढुकढुकी एफएममा केही समय कार्यरत रहेकाे कुरा सत्य रहेकाे पत्रकार गाैरबले बताए ।
केही माओवादी नेताहरुको बलमा उनी राससमा जिल्ला प्रतिनिधि भएर काम गर्छन् । भन्नेमा रासस कार्यालयलाई जानकारी रहेकाे र आफुले राससमा नियुक्ति हुँदा काेहि  कसैकाे  सिफारिसमा नियुक्ति नभएको बताउनु भयाे र साथै आफू राससकाे जिल्ला सम्वाददाता भएकोले म राससकाे जिल्ला सम्वाददाता भनेर समाचार जन्य स्राेत मागेकाे बतनउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech