Close This

लालबन्दी खानेपानीको छैठौं वार्षिक स्थापना दिवस सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   ५६ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका १३ को खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दले वुधवार छेठौं वार्षिक स्थापना दिवस तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बाहुनी दोभान प्लान्ट लालबन्दी नगरपालिका १३ को संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
लालबन्दी–पत्थरकोट खानेपानी योजना उपभोक्ता समितिका पूर्व अध्यक्ष राजन काफ्ले, विभिन्न दलका पार्टी प्रतिनिधि, वडाध्यक्षहरु र खानेपानी आयोजनासँग सरोकार राख्ने विभिन्न निकाय तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीका लेखा प्रमुख मनोज कुमार बख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार संस्थाको स्थापना दिवसको अवसर पारेर बाहुनी दोभान प्लान्टमा विभिन्न जातका विरुवा रोपिएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech