प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा देशैभर चुनावी माहोल तातेको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केही नयाँ त केही पुराना र केही चर्चाका र केही गुम्नाम उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्।जसका कारण देशैभरीको चुनावी माहोल तातेको अवस्थामा सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा पनि चुनावी माहोल तातेको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ मा दुई पुर्व सांसदहरु,सर्लाही क्षेत्र नम्बर २ र मा दुई पुर्व मन्त्रीहरुका साथै सर्लाही ४ मा नेपाली कांग्रेसका केन्द्रीय सभापति र समय परिस्थिति हेरेर हरेक पटक टिकट हत्याउन माहिर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताको उम्मेदवारीले सर्लाहीको चुनावी माहोललाई थप तताएको छ ।
सर्लाही १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सांसद शम्भुलाल श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवम पुर्व सांसद प्रमोद साह आम्ने साम्ने हुँदा,सर्लाही २ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम पुर्व मन्त्री महिन्द्र राय यादव र राष्ट्रिय मुक्ती पार्टीका अध्यक्ष एवम पुर्व मन्त्री राजेन्द्र महत्तो चुनावी मैदानमा छन्।त्यस्तै सर्लाही क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवम पुर्व उप प्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ र नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम पुर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका नरेन्द्र साह आम्ने साम्ने हुँदा सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा र समय परिस्थिति हेरेर हरेक पटक टिकट हत्याउन माहिर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता डा. अमरेश कुमार सिंह मैदानमा उत्रिदा सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रलाई यस अघिको भन्दा फरक तरिकाले हेरिएको स्थानीय राजनीतिज्ञहरु बताउँछन् ।
सर्लाहीको क्षेत्र नम्बर १ मा एक ÷ एक पटक निर्वाचित भएका श्रेष्ठ र साह,सर्लाही क्षेत्र नम्बर २ मा यादव र महत्तो दुवै पुर्व मन्त्री,सर्लाही क्षेत्र नम्बर ३ मा दुई पुर्व मन्त्री श्रेष्ठ र उप्रेतीका कारण चर्चा चल्दा हरेक निर्वाचनमा विवाद हुने सर्लाही ४ मा कुनैपनि हालतमा जित्ने र हराउने राजनीतिक षडयन्त्र सहित मैदान तताउँदा सर्लाहीका चार वटै निर्वाचन क्षेत्र राजनीतिक चर्चामा छन् ।
टुटफुटका कारण मधेशवादी दल कमजोर भएको र विगतमा चुनाव जितेको आधारमा पुर्व सांसदहरु र पुर्व मन्त्रीहरु मौकामा चौका मात्र नभई छक्का नै मार्ने दाउमा छन् । भने व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएकी रास्वपाकी नितिमा कार्की भण्डारी पुराना दलप्रतिको असन्तुष्टिमा खेलेर यस पटक प्रतिनिधिसभामा पुग्ने दाउमा छिन्।राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी उनी मतदाताको परिवर्तनको चाहना नै आफ्नो जीतको आधार भएको दाबी गर्छन्। रास्वपाले बालेन साहलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर तराई मधेशमा उतार्नु र जेन(जी विद्रोेह पछिको परिवर्तनको चाहनाले आफ्नो जीत निश्चित भइसकेको उनले बताउने गरेकी छिन् ।भने सर्लाही ४ मा पनि डा.सिंहको सोही योजना रहेको छ ।