चन्द्रनगरमा“सोहजन आन्दोलन”गर्ने अध्यक्ष महतोको तयारी,अनियमितताको विरोध गर्ने उपाअध्यक्ष गीतादेवीको भनाई

718 Shares

गणेश खड्का
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्षले “सोहजन आन्दोलन”को नाममा करिब रु एक करोड २० लाख अनियमितता गरेका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले मधेश प्रदेशमा आर्थिक समृद्धिको लागि “सोहजन आन्दोलन”को नाम दिएर करिब  रु एक करोड २० लाख रकम अनियमितता गरेका गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।

 चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै अध्यक्ष महतोले विभिन्न विवादित कामहरु गर्दै आएका र “सोहजन आन्दोलन”को नाममा करिब एक करोड २० लाख अनियमितता गरेका उपा अध्यक्ष महतोको आरोप छ । गाउँपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भएपनि कुनै सल्लाह नगरी आफुखुुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको गाउँपालिका उपा अध्यक्ष गीतादेवीको भनाई छ । 


उनले राष्ट्रिय योजना आयोगबाट आएको रु एक करोड र गाउँपालिकाको विकासको लागि आएको रकमबाट रु २० लाख गाउँपालिका अध्यक्ष महतोले “सोहजन आन्दोलन”को नाममा अनियमितता गर्न खोजेका बताईन । उनले थपिन आफुहरु चन्द्रनगर गाउँपालिकाको विकास गर्न निर्वाचित भएको र सबैको ध्यान तेता तिर जानुको सट्टा अनियमितता तिर गएका कारण आफुहरुले विरोध गर्नु परेको बताईन् ।

यता, गाउँपालिकाका अध्यक्ष महतोले सोहजन आन्दोलन असार ३१ गते शुभारम्भ हुने बताए । उनले  सोहजन आन्दोललन पोषण,स्वास्थ्य,सौन्दर्य,वातावरण तथा आर्थिक समृद्धिको रामवाण सावित हुने बताए । “सोहजन आन्दोलन” आन्दोलनले तराइका जनतामा आर्थिक समृद्धिको विकास हुने र यो आन्दोलनको नाममा आफुले आर्थिक अनियमितता गर्न नखोजेको  गाउँपालिका अध्यक्ष महतोले दाबी गरे । “सोहजन आन्दोलन”को सुभारम्भ गर्न शनिबार बिहान गाउँकार्यपालिकाको बैठक बोलाइएको र सहमतीमा “सोहजन आन्दोलन”सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

चन्द्रनगर गाउँपालिकामा बहुमत कार्यपालिका सदस्यहरु उपा अध्यक्ष गीतादेवीको पक्षमा छन् भने ३ जना कार्यपालिका सदस्यहरु गाउँपालिका अध्यक्ष महतोको पक्षमा छन् । गाउँपालिकाको १५ गाउँकार्यपालिका सदस्यहरु मध्य १२ जना कार्यपालिका सदस्यहरु र ३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु गाउँपालिका उपा अध्यक्ष गीतादेवीको पक्षमा छन् ।


३ जना कार्यपालिका सदस्य र ९ जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने लगायतका काम गर्ने गरेका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए । उनले आफुहरुले रहरले नभई बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

सम्बन्धित समाचार