सर्लाहीका २ पालिका सहित देशभरका ३२ जिल्लामा सुकुम्बासीको लगत संकलन सुरु हुँदै

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-२९ गते   ३९७ पटक हेरिएको

राष्ट्रिय भूमि आयोगले सर्लाहीका दुई पालिका सहित देशभरका ३२ जिल्लाका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सुरु गर्ने भएको छ ।जिल्लाको हरिपुर नगरपालिका र बम्हपुरी गाउँपालिका सहित देशभरका ३२ जिल्लाका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनका लागि राष्ट्रिय भूमि आयोगले निवेदन आह्वान गरेको हो । 
आयोगले ३५ दिने सूचना जारी गर्दै भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निवेदन दिन आग्रह गरेको आयोगका सर्लाही अध्यक्ष चन्द्र वाग्लेले जानकारी दिए ।
उनका अनुसार“स्थानीय तहका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्नु पर्नेछ,।”

“सूचना जारी भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।”तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन लिइने आयोगले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech