२०७९ मङसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । मङसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यतर्फको सर्लाहीको सबै मत गणना शनिबार साँझ सकिएको हो ।
देशभर मै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको जिल्लामा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा रहेका छन् । जसमा २ सय २ जनाले उम्मेदवारी दिएका थिए । शनिबार साँझ सम्पन्न मतपरिणाम अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरी,क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार नेपाल समाजवादी पार्टी(नेसपा)का महेन्द्र राय,क्षेत्र नम्बर ३ मा नेकपा(एमाले)का हरि प्रसाद उप्रेती र क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार डा.अमरेश कुमार सिंह निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा (१)मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतो,क्षेत्र नम्बर १ प्रदेश सभा(२) मा बाम लोकतान्त्रीक गठबन्धनकी साझा उम्मेदवार नेकपा(एकिृत समाजवादी)पार्टीकी बेची लुंङ्गेली,क्षेत्र नम्बर २ प्रदेश सभा (१)मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जंगिलाल राय,क्षेत्र नम्बर २ प्रदेश सभा (२)मा नेपाली कांग्रेसका कौशल किशोर राय,क्षेत्र नम्बर ३ मा नेकपा)एमाले)का हरि प्रसाद उप्रेती,क्षेत्र नम्बर ३ प्रदेश सभा (१)मा स्वतन्त्र तर्फका उम्मेदवार जवाहरलाल कुशवाह,क्षेत्र नम्बर ३ प्रदेश सभा (२) मा जनता समाजवादी पार्टी(जसपा)का सन्जय यादव,क्षेत्र नम्बर ४ मा स्वतन्त्र तर्फका उम्मेदवार डा.अमरेश कुमार सिंह,क्षेत्र नम्बर ४ प्रदेश सभा(१)मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र क्षेत्र नम्बर ४ प्रदेश सभा (२)मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार नेकपा(माओवादी केन्द्र)का फकिरा महतो निर्वाचित हुनु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका ४ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा १ सय ९ जना स्वतन्त्र र ९३ जना विभिन्न पार्टीबाट गरि २ सय २ जनाले उम्मेदवारी दिनु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी निर्मल पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा प्रदेश तथा प्रतिनिधि सभाका लागि ४८ जना,क्षेत्र नम्बर २ मा प्रदेश तथा प्रतिनिधि सभाका लागि ४८ जना, क्षेत्र नम्बर ३ मा प्रदेश तथा प्रतिनिधि सभाका लागि ४९ जना र क्षेत्र नम्बर ४ मा प्रदेश तथा प्रतिनिधि सभामा ५७ जनाले गरी कुल २ सय २ जनाले उम्मेदवारी दिनु भएको थियो ।
३ सय १२ वटा मतदान स्थल र ६ सय वटा मतदान केन्द्र रहेको जिल्लामा कुल ४ लाख ७९ हजार ३८ जना मतदाता रहेकामा ६३ दशमलव ५४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा १ लाख २२ हजार ४ सय ८७ मतदाता रहेकामा ७५ हजार ९ सय ६१ जनाले,क्षेत्र नम्बर २ मा १ लाख १६ हजार २ सय २३ मतदाता रहेकामा ७४ हजार ७ सय ५५ जनाले,क्षेत्र नम्बर ३ मा १ लाख २७ हजार ८ सय ३४ जना मतदाता रहेकामा ८० हजार ७ सय ९४ जनाले र क्षेत्र नम्बर ४ मा १ लाख १२ हजार ४ सय ९४ जना मतदाता रहेकामा ७२ हजार ८ सय ८२ जनाले गरि कुल ३ लाख ४३ हजार ९२ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लामा क्षेत्र नम्बर १ मा ४९ वटा वडा ,क्षेत्र नम्बर २ मा ४९ वटा वडा,क्षेत्र नम्बर ३ मा ५१ वटा वडाहरु र क्षेत्र नम्बर ४ मा ५१ वटा वडा गरी कुल २ सय वटा वडाहरु रहेका छन् ।