बागमतीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा करिब दुई हजार लाभान्वित

436 Shares

सर्लाहीको बागमती नगरपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा करिबदुई हजार जनाले आँखाको जाँच गराएका छन्।सातौँ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार सात सय ७९ जनाको आँखाको जाँच गर्दा दुई सय ८३ जनामा मोतिया बिन्दुको समस्या देखिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए ।
उनका अनुसार बिहीबार बागमती नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालय मिलनचोकमा सातौँ दिनको निःशुल्क आँखा जाँच शिविरमा तीन सय १५ जनाको आँखाको जाँच गर्दा ५० जनामा मोतिया बिन्दुको समस्या देखिएको छ ।बागमती नगरपालिकाका विभिन्न आठ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको आज बागमती नगरपालिका ५ सोल्टी बजार स्थित रहेको जनता नमुना मा.वि.को प्राङ्गणमा सल्याक्रिया गरिने बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा गत माघ ४ गतेबाट आठ दिन सम्म सञ्चालन हुने निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीहरुलाई माघ १२,१३ र १४ गते बागमती नगरपालिका ५ सोल्टी बजार स्थित रहेको जनता नमुना मा.वि.को प्राङ्गणमा सल्याक्रिया गरिने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार