विद्यालयकाे कम्पाउण्डवाकाे गेटले किचेर एक बालककाे मृत्युु एक घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१८ गते   ५७७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ नयाँराेड स्थित ज्ञानज्याेती बाेर्डीङ स्कूलकाे कम्पाउण्ड वालकाे मूलगेट लडेर थिच्दा एक विद्यार्थीकाे मृत्युु भएको छ भने अर्का एक विद्यार्थी घाईते भएका छन् ।
ज्ञानज्याेतीकाे कम्पाउण्ड वालकाे मुलगेट लडेर बागमती नगरपालिका ४ जिरायतका आकाश वलका अन्दाजी ५ वर्षिय छाेरा आयुष बलकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार गेटले थिच्दा साेही स्कूलकाे कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लाे घाईते भएका छन् । उनकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।
साेमबार बिहान करिब सबा १० बजे विद्यालय भित्र प्रवेश  गर्ने  क्रममा कम्पाउण्डवालकाे ढाेका एक्कासी लड्दा दुई बालक थिचिएका थिए । नट फुक्लिएर ढाेका ढलेकाे विद्यालयले जनाएको छ । 
त्यसपछि आक्राेसित अभिभावक र स्थानियले विद्यालयकाे प्राङ्गणमा रहेकाे गमलाहरु तथा डेस्कबेन्च र विद्यालयकाे प्रशासन शाखाका साेफाहरु समेत ताेडफाेड गरि आगजनी गरेका छन् । भने पीडित परिवार र आफन्तले विद्यालयकाे गेटमा टाएर बालेर प्रदर्शन गरि रहेका छन् ।
याे समाचार तयार पार्दा सम्म बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण कुमार लामा सहितकाे पक्ष र विद्यालय प्रशासन ईलाका प्रहरी कार्यालय हरिवनमा वार्तामा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech