Close This

छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१५ गते   २९६ पटक हेरिएको

एक भारतीय नागरिक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती व्यक्तिले छोरीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्ति, उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँटा उद्योगमा काम गर्दै आएका थिए । परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मंसिर १२ गते राति पुन बलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
पीडित बालिका र उनका बुवाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गराएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech