सर्लाही प्रहरीले ३७ क्युविफिट सालको काठ नियन्त्रणमा लिएर वनलाई बुझायो

1.2k Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका ३ स्थित धनकौल नजिकैबाट प्रहरी चौकी ठुलोमात्रामा अवैध सालको काठ नियन्त्रणमा लिएको छ । हरिपुर्वा नगरपालिका ३ स्थित धनकौल नजिकैबाट प्रहरी चौकी हरिपुर्वाको टोलीले विशेष सुराकीको आधारमा ठुलो मात्रामा अवैध सालको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार हरिपुर्वा नगरपालिका ३ स्थित धनकौल नजिकैबाट प्रहरी चौकी हरिपुर्वाको टोलीले प्रदेश २ ०३ ००१ च ३३२७ नम्बरको पिकअपसहित ५÷३ साईजको चिरान काठ करिब ३७ क्युविफिट सालको काठ विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।
आईतबार साँझ करिब ८ बजे प्रदेश २ ०३ ००१ च ३३२७ नम्बरको पिकअपसहित ५÷३ साईजको चिरान काठ करिब ३७ क्युविफिट सालको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार श्रीनगरको एक बन्द भएको चिरान मिलको नामबाट बनाइएको भ्याट विल सहित प्रदेश २ ०३ ००१ च ३३२७ नम्बरको पिकअपसहित ५÷३ साईजको चिरान काठ करिब ३७ क्युविफिट सालको काठ नियन्त्रणमा लिएको हो ।
उक्त प्रदेश २ ०३ ००१ च ३३२७ नम्बरको पिकअपसहित ५÷३ साईजको चिरान काठ करिब ३७ क्युविफिट सालको काठ आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीलाई बुझाइएको प्रहरीले जनाएको छ । कसले,कहाँबाट र कहाँ कुन प्रयोजनका लागि सो काठ लगेको हो भन्ने विषयमा अनुसनधान सुरु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार