Close This

प्रहरी नायव उपरीक्षक भाटलाई नागरिक सम्मान प्रदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-८ गते   १६२ पटक हेरिएको

सर्लाहीको बरथवामा रहेको ईलाका प्रहरी कार्यालय बरथवाको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटलाई नागरिक सम्मान–पत्र प्राप्त भएको छ । सोमबार सर्लाहीको बसबरिया गाउपालिका ३ भवानीपुरमा एकता समाज कृषक समुहद्वारा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय बरहथवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक भाटलाई नागरिक सम्मान–पत्र प्राप्त भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद डा.अमरेश कुमार सिंहले इलाका प्रहरी कार्यालय बरहथवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भाटलाई “एकता समाज कृषक समूह” र “बेरोजगार युवा कृषक समूह” बसबरिया गाउँपालिका २ मानपुरको तर्फबाट नागरिक सम्मान–पत्र प्रदान गर्नु भएको हो ।


ईलाका प्रहरी कार्यालय बरथवा प्रमुख भएर आएदेखि सो क्षेत्रमा चोरी–डकैती, गुण्डागर्दी, हत्या–हिंसा, लागू औषध एवम् घरेलुु हिंसाका घटना न्यूनीकरण तर्फ उन्मुख भएका छन् ।  भनेगैर कानुनी क्रियाकलप गर्नेहरुको निद हराम भएको छ । समाजमा सुशासन ल्याउन,नागरिकहरुलाई शान्तीको महसुस गराउँन प्रहरी नायव उपरिक्षक भाटको उल्लेखनीय भूमिका रहेको भन्दै प्रहरी नायव उपरिक्षक भाटलाई नागरिक सम्मान–पत्र प्रदान गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech