हरिवन ११ मा १७ वर्षिय किशोरीको हत्या गरि शव गाडिएको अवस्थामा फेला,हत्या आरोपमा सौतेनी आमासहित तीन जना पक्राउ

एसपि गौरव    प्रकाशित: २०८०-८-२ गते   ३८५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगामा एक किशोरीको गाडिएको अवस्थामा शव फेला परेको छ ।हरिवन नगरपालिका ११ स्थित बालगंगाकी अन्दाजी १७ वर्षीया तबसुन खातुनको हत्या गरि गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार गएको कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका ११ स्थित बालगंगाको चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थालेको थियो ।खातुनको हत्या भएपछि हतार हतार गरेर मुस्लिम परम्परा अनुसार खाल्डोमा गाडिएको प्रहरीको भनाई छ ।
खातुनको मृत्यु रहस्यमय भएको प्रहरीमा जानकारी आएकाले शव निकालेर पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले जानकारी दिए । उनका अनुसार किशोरीको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेहरूमा मृतक किशोरीकी सौतेनी आमा सकिना खातुन, मृतकका मामा शेख जिलानी र उनका छोरा शेख असजद रहेका छन् भने मृतक खातुनका बुबा सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।शनिबार शव निकाल्न पुगेको प्रहरीलाई स्थानीयलदे अवरोध गरेपछि आईतबार शव निकाल्ने र शव परीक्षण गर्ने सहमती भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech