Close This

सर्लाहीका चार स्थानीय निकयका युवाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२७ गते   २१५ पटक हेरिएको

सर्लाहीका चार स्थानीय तहमा युवाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम प्रदान सुरुगरेको छ । जिल्लाको ईश्वरपुर, हरिपुर, बलरा नगरपालिका तथा कौडेना गाँउपालिकामा युवाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम सुरु गरिएकोहो ।
ईश्वरपुर र हरिपुर नगरपालिकाले महिला सहभागिहरुको लागि र बलरा नगरपालिका तथा कौडेना गाँउपालिकामा पुरुष सहभागिहरुको लागि सुरक्षा गार्डको तालिम सुरु गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्र्तगत व्यवसायिक सिप तथा तालिम केन्द्रको आर्थिक सहयोगमा जय मधेश सेक्युरिटि सर्भिस प्राईभेट लिमिटेड, जनकपुरको आयोजनामा तालिम संचालन सुरु भएकोहो ।
निःशुल्क संचालन भैरहेको तालिममा ३२ दिन सम्म २०÷२० जनाको समूह बनाई अवकाश प्राप्त नेपाली सेना र नेपाल प्रहरीले तालिम प्रदान गर्ने कार्यक्रमका संयोजक विशाल गुप्ताले जानकारी दिनु भयो । चार स्थानीय निकायमा भैरहेको तालिमको सम्बन्धित स्थानिय निकायका प्रमुख तथा प्रतिनिधि सामुहिक रुपमा उद्धघाटन गरेका हुन ।
अहिले प्रदान गरिरहेको तालिमको फागुन अन्तिममा समापन गरिने संयोजक गुप्ताले बताउनु भयो । यसरी निःशुल्क रुपमा स्थानी यस्तरमै सुरक्षा गार्डको तालिम पाएपछि स्थानीय युवाहरु खुशी भएका छन् । तालिम पछि बिभिन्न स्थानिय निकायमा तथा गाँउगाँउमा खुलेका बैँक तथा वित्तिय संस्थामा सुरक्षा गार्डको रुपमा काम गर्न सकिने र रोजगारी पाउन पनि सहज हुने  आयोजकले विश्वास गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech