सागरनाथ परियोजनाका कर्माचारीहरु आन्दोलनको तयारीमा

664 Shares

गणेश खड्का
सागरनाथ वन विकास परियोजना सर्लाहीका एक सय ४६ जना कर्माचारीहरुले नौ महिना देखि तलब खान नपाएको भन्दै सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीले संयुक्त विज्ञप्ती जारी गरेको छ ।
 सागरनाथ वन विकास परियोजना मजदुर युनियन सर्लाहीका अध्यक्ष सन्तोष साह तेली र नेपाल निजामती कर्माचारी संगठन प्रारम्भिक कार्य समिति सर्लाहीका अध्यक्ष छत्र वहादुर डुम्जनले सागरनाथ वन विकास परियोजना सर्लाहीका एक सय ४६ जना कर्माचारीहरुले नौ महिना देखि तलब खान नपाएको भन्दै चाँडै तलब उपलब्ध गराउन भन्दै संयुक्त विज्ञप्ती जारी गरेका हुन ।
सागरनाथ वन विकास परियोजना मजदुर यूनियन सर्लाही र नेपाल निजामति कर्मचारी संगठन, प्रारम्भिक कार्यसमितिले २०७९ चैत्र २७ गते एक हप्ता भित्र एक सय ४६ जना कर्माचारीहरुको तलब उपलब्ध गराउन भन्दै संयुक्त विज्ञप्ती जारी गरेको सागरनाथ वन विकास परियोजना मजदुर यूनियन सर्लाहीका अध्यक्ष साहले बताए ।
सागरनाथ वन विकास परियोजना मजदुर यूनियन सर्लाही र नेपाल निजामति कर्मचारी संगठन, प्रारम्भिक कार्यसमितिले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तीमा २०८० जेष्ठ १ गते देखी परियोजनामा कार्यरत कर्मचारीहरुको तलब भत्ता व्यवस्था नभएसम्म परियोजनामा तालाबन्दी गरि अन्दोलन गर्ने उल्लेख छ ।

सम्बन्धित समाचार