करिब १५ वर्ष पछि एमाले अध्यक्ष ओली सर्लाहीमा

3.2k Shares

मधेश प्रदेशको विकासमा नेकपा(एमाले)ले महत्वपूर्ण भूमिका खेलेकोले नेकपा(एमाले)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो । उहाँले एमालेको विकल्पमा अरु कुनै नरहेको पनि दाबी गर्नुभयो । उहाँले मधेश प्रदेशमा जति पनी राष्ट्रिय गौरवका आयोजनाहरु छन् ति सबै आयोजनाहरु एमालेकै सरकारले निर्णय गरेको  बताउनु भयो ।
नेकपा(एमाले)सर्लाहीले शनिवार जिल्ला सदरमुकाम मलंगवामा आयोजना गरेको पार्टी प्रवेश एवम वृहद् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्र मधेश प्रदेशको विकास चाहेको बताउनु भयो । उहाँले हुलाकी राजमार्ग देखि जयनगर–जनकपुर रेल सेवा पुन सञ्चालन गर्न एमालेको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।
मलंगवा नगरपालिका २ स्थित कवर्ड हलको मैदानमा आयोजना गरिएको विशाल आमसभालाई पुर्व मन्त्री प्रभु शाह, एमाले उपाध्यक्ष रामबहादुर थापा(बादल),नेकपा(एमाले)का मधेश प्रदेश इन्चार्ज रघुविर महासेठ लगायतका नेताहरुले सम्बोधन  गर्नु भएको एमाले सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिनु भयो ।
पुर्व प्रधानमन्त्री ओली सर्लाही आउने भएपछि जिल्लाको सुरक्षा व्यावस्था कडा पारिएको थियो भने उहाँको सुरक्षामा ५ सय जना स्वयंसेवक दस्ताहरु पनि पार्टीले खटाएको  थियो । पुर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नु भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवम कबिलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर राय यादव सहित सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका एमाले मधेश प्रदेशका उपा अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो ।
पार्टी प्रवेश तथा विशाल आमसभालाई सम्बोधन गर्नसर्लाही आउनु भएका एमाले अध्यक्ष ओलीलाई एमाले सर्लाहीले १ सय ५ किलोको फूलको माला लगाएर स्वागत तथा अभिनन्दन गरेको एमाले सर्लाहीले जनाएको छ ।  पुर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओली करिब १५/१६ वर्ष पछि सर्लाही आउनु भएको हो । आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सर्लाही लगायत छिमेकी जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार