Close This

भुजेलको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक, जबर्जस्ती गरी हत्या गरेको बयान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-७ गते   १७८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जकी १४ वर्षीया बालिका प्रियंका भुजेलको हत्यामा संलग्न मुख्य दुई अभियुक्तालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन मार्फत लालबन्दी नगरपालिका–१७ का अन्दाजी १८ वर्षका कृष्ण साह र अन्दाजी १९ वर्षका अनिस दाहाललाई सोमबार सार्वजनिक गरेको हो।
साउन ३१ गते रातीबाट हराएकी बालीका घर नफर्किएपछि उनका आफन्तले ईलाका प्रहरी कार्यालय लालबन्दीमा खोजी गरिदिन निवेदन दिएका थिए ।  सोही निवेदनको आधारमा लालबन्दी प्रहरी र बालिकाका आफन्त मिलेर खोजी गर्दा भदौ २ गते बालीकाको शव लालबन्दी नगरपालिका  स्थित ६ कालीन्जोर खोला बगरमा गाडीएको अवस्थामा फेला परेको थियो ।
 हराएको २ दिनपछि बालीकाको शव फेल परेपछि अनुसन्धाका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीले साह र दाहाललाई नियन्त्रणमा लिएको थियो । दुवैमाथी अनुसन्धान गरी रहेको प्रहरीले जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी प्रारम्भीक अनुसनधान गरेको र उनिहरुले करणी गरि मारेर गाडेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बालीका भुजेल र अभियुक्त मध्यका दाहाल बीच पुरानो सम्बन्ध रहेको, अभियुक्तहरु साह र दाहाल भुजेलको घरमै जाँदा बालीकाका आफनतले थाहा पाएपछि बालिका सहित अभियुक्ताहरु त्यहाँबाट भागेका,दाहालको घर जान नपाए आफु मर्छु भनी बालीकाले भनेको र सो कुरा अभियुक्ताहरुले अस्वीकार गरेका र दुवै अभियुत्तहरु मिलेर बालिकालाई कालीन्जोर खोलाको पानीमा घााटी थिचि डुबाएर मारी शवलाई घटनास्थलबाट करिब २ सय मिटर माथी लगि बालुवाले पुरेको प्रहरीको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । उहाका अनुसार अभियुक्तहरुले जबर्जस्तीकरणी गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएकाछन् । भदौ १ गते पक्राउ परेका अभियुक्तहरुले बालिकाको शव गाडिएको ठाउँ देखाएका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech