Close This

नेउबा महासंघको अध्यक्ष पदमा गोल्छा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१५ गते   ३१३३ पटक हेरिएको

युनियन लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक शेखर गोल्छा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष पदमा निर्वाचीत हुनु भएको छ । नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा गोल्छा निर्वाचीत हुनु भइएको हो । 
युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक समेत रहनु भएका निवर्र्तमान बरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको विधान अनुसार निर्वाचन मत परिणाम घोषणा भएको मिति देखि स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार महासंघको ५४ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech