विद्यालयकाे पठनपाठन बन्द,पार्टी प्रवेश खुल्ला

2k Shares

सिरहाको गोलबजार नगरपालिका ८ मा रहेकाे जनता नमूना माध्यामिक विद्यालयको पठनपाठन ठप्प गरी नेकपा(एमाले) काे पार्टी प्रवेश कार्यक्रम गरिएको छ । वुर्प प्रधानमन्त्री एवम नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा भएको पार्टी पर्वेश कार्यक्रममा विद्यालयको पठनपाठन ठप्प पारिएकाे हाे । 
कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको साे विद्यालय परिसरमा शुक्रवार नेकपा(एमाले) जिल्ला कमिटी सिरहाले पार्टी प्रवेश तथा आमसभा कार्यक्रमकाे आयोजना गरेको थियाे । जसका कारण साे विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् ।
विद्यालय बन्द गरिएको बारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले कुनै प्रतिक्रिया दिन चाहेनन् । 
विद्यालयलाई शान्ति क्षेत्र घाेषणा गरिएको र राजनीतिक गतिविधि भन्दा बाहिर राख्न घाेषणा गरिएको भए पनि ठुला भनउला पार्टीहरुका कार्यक्रमहरु नै विद्यालयकाे पठनपाठन प्रभावित पारि गरिए पछि स्थानिय सर्वसाधारण चकित भएका छन् ।

सम्बन्धित समाचार